Posted by: _____ January 17, 2013
Religion: What should it contribute?
Login in to Rate this Post:     0       ?        
 

'मलाई बुवाले बलात्कार गरे'

 
(0 Votes)
 
 
 
 
 

काठमाडौ, माघ ५ - बिहानको दश बज्नै लाग्दा काँडाघारी प्रहरी बिटमा एक बालिका दौडदै आइन् । सडक बाहिर घाम तापेर उभिरहेकी महिला प्रहरीलाई समातिन् । अनि बोलिन् 'आन्टी मलाई बाबाले जथाभाबी समात्यो' ड्युटीमा रहेकी ति महिला प्रहरी झस्किन् । अनि सोधिन्- के भो ? ति बालिकाले (झड्केलो) बाबुले आफ्नो यौन शोषण गरेको बताईन् ।

ति १० बषिर्य बालिकाले आमा चर्चमा प्रार्थना गर्न गएका बेला बाबुले आफु माथी यौन शोषण गरेको बताइन् । काँडाघारी चौकीका प्रहरी तुरुन्त ति बालिकाले देखाए तर्फ लागे । उनको घर पुग्दा एक महिला चिच्याइ रहेकी थिईन् । 'नानी बोकेर उता भाग्यो, सर' भन्दै कराउँदै थिईन् । ति महिला बालिकाकी आमा थिईन् । प्रहरीहरु छरिएर त्यो ब्यक्तिलाई खोज्न थाले । अलि पर ति ब्यक्ति ६ महिनाकी नानी च्यापेर दौडिरहेका बेला प्रहरीले समात्यो । जवर्जस्ती करणी अभियोगमा खोटाङका राई महानगरीय प्रहरी बृत नयाँ बानेश्वरको हिरासतमा छन् ।

खासमा के भएको हो ? ति बालिकाकै शब्दमा -

 

मेरो घर सिन्धुपाल्चोकको तातोपानी हो । मेरो आमाले २ बर्ष अघि यो बाबा -जङबहादुर राई)संग बिहे गरेको हो ।  आमाले यो बाबासंग बिहे गरेपछि तातोपानीको बुवाले मलाई काँडाघारीकै एक जना आन्टीको घरमा राखिदिनु भएको थियो । म आन्टीको घरमा बसेर न्यु स्टार स्कुलमा ३ कक्षा पढ्दै थिएँ । अस्ति दशैंमा घर -तातोपानी) गएको बेला मैले बुवालाई आमाको बारेमा सोधेँ । मामाघरको हजुरआमालाई आमा बस्ने ठाउँ थाहा रहेछ । हजुरआमाले मलाई र बहिनीलाई आमाको घर ल्याइदिनु भयो । मैले त्यो बेला घर जाने बाटो याद गरेकी थिएँ । आमालाई भेटेर म काँडाघारीमा आन्टीको घर गएँ । तर मलाई आमा बिना बस्न मन लागेन । पढ्न पनि मन लागेन । अनि म भागेर आमा भएको ठाउँमा आउँथे । स्कुल पनि जान छाँडे । आमाले मलाई नआईज भनेर धेरै पिट्नु भयो । पढाउने, खुवाउने मसंग पैसा छैन भन्दै गालामा पिटेर पठाउनु हुन्थ्यो । आन्टीको घरमा पुर्‍याउन जानु हुन्थ्यो । तर म फेरी भागेर आउँथे ।

 

म धेरै भाग्न थालेपछि आमाले मलाई आफैसंग राख्न थाल्नु भयो । म र बहिनी आमासंग बस्न थालेको २ महिना जति भयो । आमासंग बस्न थालेपछि फि तिर्न नसकेर स्कूलले निकालिदियो । आमा सधैं बिहान संगतीमा जाने भएकाले म नै खाना बनाउँथे । बाबा घरमा रङ लगाउने काम गर्नुहुन्छ । यो बाबाले मलाई पहिले पनि मेरो छाती र पिसाब गर्ने ठाउँमा छुने गर्नुहुन्थ्यो । अस्ति पुष २८ गते दिउँसो बाबा खाना खान घर आउनु भयो । मेरो बहिनीलाई घाम ताप्न बाहिर पठाएर मलाई कोठामा काम छ भन्दै भित्र लगेर जबरजस्ती गर्नु भयो ।  म रोएँ, चिच्याएँ । उहाँले मेरो मुख हातले थुन्नु भयो । आमा वा अरु कसैलाई सुनाइस भने तँ, तेरो बहिनी र आमा दुबै जनालाई मार्छु भन्नुभयो । अनि मैले डरले भनिन । अस्ति १ गते सक्रान्तिको दिन पनि आमा संगतीको लागि भनेर बिहानै सानो बहिनी बोकेर जानु भयो । म घरमा बहिनीसंग थिएँ । बिहानै कता जानु भएको थियो कुन्नी बाबा दिउँसो खाना खान आउनु भयो । बहिनीलाई त्यसरी नै घाम ताप्न पठाएर मलाई खाना पस्किन  बोलाउनु भयो । भित्र पस्ने बित्तिकै बाबाले मेरो हात समातेर ओछ्यानमा लैजानु भयो । म रोएँ । आमालाई भनिदिन्छु भन्दै भागेँ । उहाँले लखेटेर मलाई फेरी समात्नु भयो । अनि मुख थुन्दै कपडा खोलेर पहिलाको जस्तै गर्नु भयो । बाहिर घाम तापेर बसिरहेकी बहिनी म धेरै बेर नआएपछि कोठामा आउन खोजिछ । ढोका नखुलेपछि उसले झ्यालको पर्दा हटाएर हेर्दा बाबाले मेरो मुख थुनेर जबरजस्ती गरेको देखेपछि ऊ पनि कराई । बाबा हतपत ढोका खोलेर बाहिर गएर बहिनीलाई भित्र ल्याउनु भो । दुबै जनाको हात समातेर कसैलाई सुनायौ भने सबैलाई मारिदिन्छु भन्नु भयो । बाबा खाना नखाई जानु भो । म र बहिनी अंगालो हालेर रोयौं । म, बहिनी र आमालाई पनि मारिदिने भनेपछि डरायौं । आमा ३ बजे तिर चर्चबाट आउनु भयो । हामीले केहि भनेनौं । एकछिन पछि म ट्वाइलेट गएँ । पिसाब पोलेकाले म ट्वाइलेट भित्रै रोएर बसेँ । आमाले ढोका ढक्ढक्याउँदै किन यत्रो बेर लाग्यो भनेपछि खोलेँ ।

 

आमाले मलाई तेल किनेर ल्याउन पैसा दिनु भयो । म केहि नभनि पसलमा गएँ । म पसल गएको बेला बहिनीले आमालाई बाबालाई नसुनाउने भए दिदिलाई आज दिउँसो के भयो सुनाउँछु भनिछ । अनि आमाले बहिनीलाई बाबा घरमा हुनुहुन्न भन भन्नु भएछ । बहिनीले दिउँसो उसले देखेको कुरा सुनाउँदै गर्दा म पुगेँ । अनि आमाले मलाई सोध्नु भयो । मैले बाबाले मार्नुहुन्छ भन्दै सुनाउन मानिन । तर आमाले बाबा छैन म बाबालाई सुनाउँदिन भनेपछि सुनाए । बाबाले त्यस्तो गरेको भए प्रहरीलाई भन्नुपर्छ । जेल पठाउनुपर्छ भन्नु भयो । अनि मैले पहिला देखीको सबै कुरा  सुनाए । आमालाई सुनाउँदै गर्दा बाबा आइपुग्नु भयो । आमा बाबासंग झगडा गर्न थाल्नु भयो । मेरो छोरीलाई किन त्यस्तो गरेको भन्दै झगडा गर्नु भयो । म त्यो बेला बाबालाई छलेर बाहिर निस्किए । बाहिरबाट आमा बाबाको झगडा सुन्दै थिए । आमाले प्रहरीलाई भन्छु भन्दै हुनुहुन्थ्यो । बाबाले त्यसो गरिस भने सबैलाई मारेर म भाग्छु भन्दै हुनुहुन्थ्यो । बाबाले आमालाई कोठबाट बाहिर निस्कन दिनु भएन । अनि म दौडदैं प्रहरीमा आएँ । अनि आन्टीलाई सबै कुरा लगेर सुनाए । अनि प्रहरी गएर बाबालाई सानी बहिनीलाई लिएर भाग्दै गर्दा समाते । अब बाबालाई कारबाही हुन्छ रे, जेल जानु हुन्छ रे ।

Read Full Discussion Thread for this article