Posted by: cybernepali January 7, 2013
Paras pays Rs. 34 lakh fine to Thai apartment owner
Login in to Rate this Post:     0       ?        

बैकक - पूर्वयुवराज पारस शाहले १ बर्षदेखि उनी बस्दै आएका अपार्टमेन्ट मालिकलाई १२ लाख थाइ भाट (३४ लाख ५७ हजार रुपियाँ) क्षतिपूर्ति वापत तिरेका छन् ।

अपार्टमेन्टमा तोडफोड तथा होहल्ला गरेको भन्दै अपार्टमेन्ट व्यवस्थापनले उनीसग क्षतिपूति रकम स्वरुप २० लाख भाट माग दाबी गरेपछि उनले सो रकम बुधबार तिरेका हुन् ।

  अपार्ट मालिकले स्थानिय प्रहरी कार्यालयमा दिएको निवदेन अनुसार पारसले तोडफोडका क्रममा घरका सिसा, सोफा, दराज लगायत विभिन्न सामानमा क्षति पुर्‍याएका थिए ।

स्थानिय प्रहरीको निकायले रकम तोकेरै क्षतिपूर्ति तिर्नुपर्ने ठहर गरेपछि पारसले बैककको  थङलोस्थित प्रहरी चौकीमा एक सामान्य कागज गरि अपार्टमेन्ट व्यवस्थापनको एक महिला प्रतिनिधीलाई सो रकम बुझाएका हुन् ।   स्रोतका अनुसार रकम बुझाउन पारस एक वकिलसहित चौकी पुगेका थिए ।

अपार्टमेन्ट व्यवस्थापनले २० लाख भाट दाबी गरेपनि १२ लाखमा समझदारी भएपछि त्यसप्रकारको लेनदेन भएको हो ।   पारसको अपार्टमेन्ट तोडफोडको मुद्धा सकिएपनि गाँजासँग जोडिएको अर्को मुद्दा अझै जिउदै रहेका बताइन्छ । ३ ग्राम गाँजासहित उनी गत मंसिरमा फुकेटमा पक्राउ परेका थिए । 

Read Full Discussion Thread for this article