Posted by: caliber19 January 4, 2013
यस्तो ब्यथा , कथा मै सीमित होस् ....
Login in to Rate this Post:     0       ?        
 ठुल्दाइ, 
गज्जबको जांदैछ है, देर आए दुरुस्त आए ! मुल फुट्या बेलां गतिमा धिमा नहोस्, यै कामना गर्याछु । 
 
साझाको सदस्यता नलिंदै ताका पनि दाइका लेखहरु उधिनी-उधिनी पढिन्थ्यो । खांट्टी कुरा छाती ठोकेरै भन्ने हो भने मलाई यता ताते-ताते गर्न मन लागेको पनि दाइकै अतुलनिय लेख-रचनाहरुले गर्दा हो । तपाईंको शिल्पको गुण-दोष केलाउने हुती त छैन; पढेर केही सिकिन्छ, एस्तै लेख्न पाए भनेर मन लोभिन्छ । 
 
दाइको सिद्धहस्त ज्ञान-गुनको भन्डारबाट हामी जस्ता सिकारुकालागी बेलामौकामा छिर्का-छिर्की छर्दै गर्नुहुनेछ भन्ने आशाकासाथ, अर्को भागको प्रतिक्षामा । 
Read Full Discussion Thread for this article