Posted by: ThahaChaena January 3, 2013
कस्तो कस्तो यो जीवन
Login in to Rate this Post:     0       ?        
Durbari 
<<कुनै कुनै शब्द त बुझिन मैले>> --- ला मैले त नेपालीमै लेख्या हो त गाँठे , तेस्तो गारो भो र भन्या . हुन त त्यो फलामे ढोकाबाट निस्कदा झन्नै फेल पार्द्या थे नेपालीमा....धन्न एउटी साथीले सार्न दि र काटियो .... हजुरको प्रेरणामयी शब्दका लागि फनक्क घुमेर बुन्ग्रुंग लडेर जुरुक्क उठेर फेरी थचक्क बसेर मुटुमा च्याप्प समातेर धन्याबाद भन्न चाहन्छु  

ठुल्दाई 
<<अलिकति हिज्जे र वाक्यमा शब्दको संग्रह र बिग्रह मा ध्यान दिने गर्नु पर्र्यो>>  --- कोशिश गर्दै अगाडी धकेलिंदै छु आफुलाई , हजुरको मार्गदर्शन पाईरहूँ . तेस्मथी यो मोरा युनिकोड हो कि नेपालीभाषालै गोद हो भेन्नेले सप्पै बिगार्यो भन्या , ह्रस्व दिर्घ मा एक त म गोबर तेस्मथी समयको काइ ले सप्पै बाइ बाइ गरायो भन्या हेर्स्यो न 

कहिला दाइ 
हजुरका मधुर हरफले मेरो कवितामा अझै धेरै सुन्दरता थपिदियो , मोरी अब झन् कति मक्ख हुने हो शान बढ्ने हो , भो त छुन सकिने भो त मोरी लै अब ........ 
<<जीवनको खोजाइ र दांजाइका पंक्तिहरुले केही भावुक पनि बनाए>> -- दाइ जीवनमा खोज्ने , पाउने , दाँज्ने अनि चित्त नबुझेर बाझ्ने मै त जीवन अड्केको छ , यहाँ जिउन साएद सप्पैले भुलेको छ . हगि दाइ ?

TMS  र Kittys साथी हजुरहरुले मनपराएर केहि शब्द खर्चिनु भो , हृदये देखि आभारी छु...
 
सम्पूर्ण मौन पाठकमा पनि मन देखि धन्यबाद टक्र्याउन चाहन्छु . 
 
-  थाने
Read Full Discussion Thread for this article