Posted by: Rudramati December 13, 2012
भोक (katha)
Login in to Rate this Post:     0       ?        

लामा लामा जुँङा भएको बेतको लठ्ठी समातेको मान्छे बोलिरहेको रहेछ ।

“मै…मै हुँ” मैले जवाफ फर्काएँ ।

“अबे मै मै क्या लगा रखा है ? क्युँ आया है ईस टाइममे इधर?” उ बम्क्यो ।

म के भन्ने भन्ने अवस्थामा पुगेँ ।

म को हुँ? यहाँ किन आएको हुँ? मसंग उसलाई तत्काल फर्काउने कुनै जवाफ थिएन ।

उ छेउमै आईपुग्यो र भन्न थाल्यो– “पडालिखा आद्मी जैसा लग्ता है, लेकिन ब्याग लेकर ईस टाइममे ईधर क्युँ घुमरहा है?”

मैले आधा हिन्दी चौथाई नेपाली र बचेकुचेको ठुटे अँग्रेजी सहितको खिचडी भाषामा उसलाई आफ्नो सविस्तार बताएँ ।

उसले पनि बडो गम्भीर पारामा मेरो कुरालाई लिएझैँ गरी टाउको हल्लायो र फिल्मी पारामा भन्यो– “मुझे लग्ता है तुने बहुद दुःख पाया है । ईस लिए आज ईधर ही ठहेर । कल ढुँड्ना तेरे रिस्तेदारको । ठिक है?”

मलाई आश्रयस्थल मिलेकोमा असाध्यै खुसी लाग्यो । यही खुसीमा मैले आफु भोको भएको कुरा पनि बिर्सेछु । लामो यात्राका कारण कतिखेर सुत्न पाईएला झैँ भएको मलाई बाटोको पेटी मै सहि आश्रय दिने त्यो मान्छे फरिस्ता झैँ लाग्यो ।

चौकीदारले आफ्नो परिचय दिँदैथियो क्यारे, कतिखेर म चाँही भुसुक्कै भईहालेछु ।

****

गाडीको हल्लाखल्ला अनि छ्याङ्गै उज्यालो देखेपछि मेरो निन्द्रा भंग भयो । यस्सो हेरेको त छेउमा संगै सुतेका कोहीपनि रहेनछन त्यहाँ ।

म पनि उठेँ अनि आफ्नो तन्नालाई पट्याएर झोलामा राखेँ । तन्ना झोलामा राख्दैगर्दा कसैले मेरो झोला खोलेजस्तो लाग्यो अनि हेरेको त नभन्दै मेरो झोलामा भएको आईए दोश्रो बर्षको मेजर ईङ्लिसको उपन्यास द ग्रेट गेट्सबीको बिचतिर एउटा कागज राखेको देखेँ । त्यहाँ अड्कोपड्कोमा काम लाग्छ भनेर १८०० आईसी लुकाएर राखेको थिएँ ।

कागज ताने, हेरेँ, कागजमा लेखिएको रैछ–“तु बहुत पढालिखा और समझदार आद्मी है । एकदिन बडा आद्मी बनेगा ।”

चौकीदारको चिठी

महोदयले कागजमा छोडेको आशिर्बादका बदलामा लुकाएर राखेको १८०० रुपैँया चट पारेर टाप कसेछ । न रुन सकेँ न हाँस्न सके त्यो कागजको चिर्कटो पढेर ।

आफुसंग भएको नगद सबै स्वाहा भयो । उठेर हिँड्न खोज्दा पाईला नै नसरेजस्तो भयो । धर्ती हल्लीए झैँ भयो । घरमा फोन गरेर यस्तो यस्तो भयो भन्न त हुन्थ्यो ! फोन गर्ने पैसा समेत रहेन मसंग अब ।

यस्तै यस्तै सोच्दैथिएँ, कतिखेर आँखाहरु पानी बनेर ओर्लिईहालेछन् ।

आँशु पुछेँ, भाग्यलाई धिक्कारेँ, झोला बोकेँ, किनकी बाँकी सम्पत्ति यत्ति जो थियो, अनि हिँडे त्यहाँबाट लुरुलुरु । किनकी त्यहाँ बसेर पो के हुन्थ्यो र कागजी आशिरबाद दिने साधु त त्यहाँबाट टाप कसिसकेको थियो ।

दिनभर भटार चाररस्ताको वरीपरी हल्लीईरहेँ ।

Read Full Discussion Thread for this article