Posted by: caliber19 November 22, 2012
गाजलु ति ठुला ठुला आंखा (कथा)
Login in to Rate this Post:     1       ?         Liked by
 गाजलु ति ठुला ठुला आंखा (कथा) भाग ४ 
 
भोली स्वस्थानी साङेको निम्तो छ निशाकोमा । 
 
 
'घर छोड्ने रात' भन्ने मनोबाद पढ्नुपर्थ्यो हाम्ले नेपालीमा, जस्मा आवाशिय विद्यालय जानुपर्ने र अन्ने ऊत्साहले गर्दा लेखकलाई रातभरी निन्द्रा लागेको हुंदैन । आज मलाई तेस्तै भा'थ्यो तर कारण; यो ज्यानको अर्कै थियो । कतिखेर बिहान होला र दौडिम्ला भन्ने भईरह्यो । जान त सयौं पटक गा' हो ऊस्कोमा तर खाली फोकट्मा २टा नमस्कार खेर फालेर आउंथे म (एउटा भेट्दा अर्को छुट्टींदा) । न आन्टिजिले कहिलेइ चिया-कफी सोध्नुभो नत अंकलजिले कहिलेइ आफुसङै सोफामा बस भन्नुभो । तर भोलिको नजारा भिन्नै हुनेवालाथियो ! एक महिना जस्तो पहिलेनै अंकलजी कुनै अर्को जिल्लामा 'तेल लिन' गैसक्नुभाथ्यो, र आन्टीजी पनि आज नदितिर 'तेल लिन' जानेवाला हुनुहुन्थ्यो ! घरमा हुनेवाला थि .. princess hazel eye ! 
 
 
"दाइ चिया" रमा छतमै आईपुगी । म छतमा हुनुको सिधा मत्लब हुन्थ्यो, चुरोट तान्नु । घरका शायद प्राय सबै सदस्यलाई था थियो तर डिस्टर्ब गर्न कोइ आउंदैनथे, यो बैनी बाहेक । 
किन ? आज मेरो टेबुल भाग्यो कि क्या हो कतै ? 
गाथें, तपाईंलाई देखिन .. अनी । हैन कत्ती तान्नु पर्ने हो ब्यान-ब्यानै ! कुन दिन आमालाई भन्दिन्छु .. था होला तेस्पछी । 
रमाss तं कस्की बैनी रेss ?
भो-भो धेरै चेपारो घस्नु पर्या छैन, मैले पो आफ्नै दाई मान्या छु .. तपाईंकोलागी त काम गर्ने केटी त हुम् म । 
तेरो दांत जती सब् हात्मा राख्दिन्छु है अईले .. मैले कैले भने त्यस्तो ? 
था छ दाई, जिस्केको मात्रै । मैले तेती पनि भन्न पाउंदिन त ? 
पाउंछेस् .. तर हेर् रमा, केइ कुरा छ भने बाबा-आमासँग भन् अथवा मलाई भन् तर यो काम गर्ने - साम गर्ने नसुना मलाई; हैन भने आईन्दा राखी पनि नबान् मलाई । (मैले अर्को चुरोट सल्काएं)
ऊss ! फेरी सुरु भो ! मुखबाट एत्तिकै निक्ल्यो दाई, भन्नुस् रिसाएको छैन .. (उ २टै कान समातेर ऊभि')
भो-भो नाटक छोड्, नौटंकी ! तं त फिलिम्को हिरोनी हुनु पर्ने बुझिस् .. खुब चर्तिकला आउंछ तंलाई । 
जाउं त दाई, राजेश हमाललाई भन्दिनुस् न । (हांस्दै मतिर आई रमा)
हे भगवान ! म तंलाई कसरी सम्झाम् । फिलिम्मा लिने त director र producer ले हो । राजेश हमाललाई त अगाडिबाट पैसा दिन्छन्, पछाडिबाट कोर्रा हान्छन् .. अनी नचाउंछन आफ्नै तालमा । हेर्, तं अली ठुलि हो .. लेखा-पढी पनि गर् अनी आँफै बुझ्छेस सब् कुरा । 
खै गिलास दिनुस् ! चिया सक्या भे, म हिरोनी बन्दै गरुम्ला । 
ए रमा सुन्त ! आमा कां हुनुहुन्छ ?
आमा त अघिदेखी के-के फुल प्रशादि मै जुट्नु भा छ । था छ दाई, एस्पाली त दिदी पनि जानुहुने रे !  
तं पनि जान्छेस् कि ? भन्दिम् आमालाई ? 
भो जानु पर्या छैन, पर्सी unit test छ आफ्नो .. को पढ्देवस् .. दाई आज ___
आज माफी दे यार प्लिज, कतै जानु छ मलाई । भोली मज्जाले पढाम्ला तंलाई, ठीक ? आखिर तेरो test पर्सी त रइछ नि । 
क्या हो दाई ! आज 'बिराली' दिदिले कतै बोलाउनु भा'छ र ? 
तं खुरुक्क जा त, एइ लाइटरले खान्छेस् नत्र । 
(ऊस्ले तिर अन्ध्यारोमै मारेकी थि तर 'निशा'नामै लागेकोथ्यो)
 
 
 
आमा र दिदी निक्लिने तरखरमा हुनुहुन्थ्यो, म कोठामा पढे जस्तो गर्दै थें; बोलावट आइपुग्यो । 
हेर्न बाबु हिंजै देखी भनेको यो मोरो किस्नेलाई, अइले त प्याट्रोल छैन भन्छ ! 
आमा .. तेतैबाट जांदैहुनुहुन्छ, बाटोमा भरे भईगोनी - किन बजार ऊचालिर'नुभा ? 
हिंड्न बा तं पनि, बाटोमा केइ भो भने हाम्ले के गर्नु ! 
केइ हुन्न आमा, ढुक्क भएर जानुस् । कृष्ण दाई हुनुहुन्छ त । दाई ! कती छ र पेट्रोल ? म बाइकबाट हाल्दिम् ? 
हैन, पर्दैनहोला बाबु । मैले त कम छ मात्र भन्याथें ___
तं असत्ती नबोल्, हिंजै भन्या हैन मैले .. (आमाको पारो घट्नेवाला देखिन, दिदिलाई ईशारा गरें)
जाम्न आमा पुगिहालिन्छ, केइ हुन्न, ढिला हुन्छ फेरी.. कृष्ण दाई गाडी चलाऊनुस् ल । (दिदिले आमालाई डोर्याउनुभो)
ल आमा स्वस्थानी माताको नाम लिनुस्, जानुस् । केइ पर्‍यो भने मलाई खबर गर्नुस्, म आउंछु, हुन्छ ? 
(घरबाट दुलही बिदा गर्दा अलिक गाह्रो हुंदोहो शायद .. तर मेरी आमा घरबाट निक्लींदा केही न केही रामकाहानी हुन्थ्यो नै, हरेक कुरा perfect चाहिने वहांलाई)
 
 
बल्ल-तल्ल निशाको घरमा पुगियो, करीब १० बजेको थियो विहानको । सेतो कुर्ता सल्वारमा परी जस्तै देखिन्थी उ .. र मुर्छा पार्ने ऊस्का ति आंखा .. खै ! कसरी बयान गरुं म । 
चिया खान्छौ ? 
भो, ब्यानै खाको । 
मेरो हातको खाइ त हेर ! 
(तिम्रै हातको हो भने त जहेर पनि पि'दिम्ला .. मनले मात्र बोल्यो, मुख चुप थियो) बनाउ न त, केही help चाहिन्छ ? 
धन्दा नमान, टन्नै काम छ तिम्रोलागी । 
ज्यालादारी हो भने त ठीक छ, मुफतमा चाइं केइ गरिनेवाला छैन है । 
अरे वा ! अच्छी-खासी दोस्ती भो यो त ! भाडा नै तिर्नुपर्ने भय म तिम्लाई किन बोलाउंथे ? (ऊस्ले आफ्नै सम्झे झैं लाग्यो, मैले चाइं 'छोरी' सम्झें)
ल माते, हात खडा ! आज श्रमदान गर्ने भएं म .. खुश् ? 
अनी हाम्रो gang के गर्दै छन नि ? 
खै मेरो त आज कुरा पनि भा'छैन, होलानी सब्को आ-आफ्नो plan । 
बिनुले केइ त भन्याछैने ? 
निशा .. तिमीसँग कुरा गर्दा त लाग्छ, म कतै अदालतको कठघरामा छु । एती धेरै सवाल-जवाफ; पछी तिमी law लिएर नै पढ है । 
सोच्दै छु, अरु केही ? लौ चिया । 
 
 
आज वैतरणी तरे जत्तिकै भा'थ्यो ! पहिलो पटक बैठक कोठाको त्यो सोफामा बस्ने मौका; अंझ त्यै माथि आफ्नो मनले खाएकी तरुनीसङै चियाको सुर्को तान्दै । TV मा खै के कार्यक्रम पो चल्दैथ्यो, होशै रहेन । आफ्नो दिमागमा भने Queen Victoria र Prince Albert नाच्दै थिय । साँच्चीकै एदी नाचेकाभय, ऊनिहरु ballroom वा morris dance गर्दाहुन् तर आफ्नो नेपाली मन भने कृष्ण बिक्रम थापा कै लोकभाकामा ठुम्किन थाल्यो ... 
"सिन्धुली गढी घुमेर हेर्दा सुन्तलिमै कतिमा राम्रो दरबार मार्यो नि मायाले मार्यो, आजकालको जोबानमा हेर्यो सुन्तलिमै कस्तोपो होला घरबार मार्यो नि मायाले मार्यो ।" 
यो मन ऊडिरह्यो, सपनाको वायुपंखिमा मच्चिंदै - खुशीका बादलहरु जस्तै, गन्तब्यका क्षितिजहरु खोज्दै । 
आज तथ्य र साध्यसँग कुनै सरोकार थिएन, कल्पना र वास्तवीकतामा पनि कुनै साईनो देखिन, अप्राप्य र सम्भाव्यता बिच पनि कुनै सिमा कोरिए जस्तो लागेन । सबै कुरा आज सरल, सजिब र सार्थक लागेकाथिय; सबै कुरा प्यारो, पूर्ण र प्राप्य लागेकाथिय । मायामा मान्छे सत्य भुल्छ या सत्य खोज्छ, म यसै निर्क्योल गर्न सक्दिन तर तर्क र अड्कलबाजिकालागी यो मनमा अब जांगर र ठाउँ नै कां थियो र ? केही कुरा मनमा थियो भने - मात्र उ अनी उस्को साथ । मान्छेको २टा मन हुन्छ भन्थे, हो कि क्या हो जस्तो लाग्यो त्यो दिन । एउटा बिचार  मडारिएर आउंथ्यो - च्याप्प ! समाउं ऊस्को हात र राखिदिउं आफ्नो छातीमा अनी आफ्नो ढुक्ढुकी सुनाउं ऊस्लाई । चन्द्रमाले सागरमा बनाएझैं, ऊस्का ति जदुगरी आँखाको आकर्षणले मेरो मुटुमा बनाएका ज्वार-भाटाहरु महशुस गराउं ऊस्लाई । अंगालोमै बांधु ऊस्लाई र भुलुं संसार एक्छिनलाई । सामुन्द्रिक तटको बालुवामा कोरिंदै गरेका मेरा दिवास्वप्नहरुलाई विलिन पार्न अर्को छाल ऊर्लिएर आईपुग्थ्यो - हैन सम्हालिनु पर्छ । 
 
 
के टोलाइरा' ? चिया चिसो हुन थाल्योहोला । (च्वाट्-च्वाट् ! बिचरो मेरो वायुपंखि सपनाको २टै पखेटा काटिय, बर्लङ्ग यथास्थितिमा बजारियो बबुरो)
हैन यत्तिकै, आज first time यो सोफामा बस्न पा'को तेसैले दङ्ग पर्या नि । 
किन ? कसरी first time भो तिम्रो ? (ऊस्लाई हेक्कै रहेनछ)
खोइत ! तिम्रा बाउ-आमाले कहिलेइ बस् भनेनन्त आजसम्म ? 
तिम्लाई पनि आईस्योस्-बसिस्योस् भनीराख्नु पर्छ र ज्वाँईंसाबलाई जस्तो ! 
किन, ज्वाँईं हुन लायक छैन र म ? (बहुत हिम्मत बटुलेर यती भनें)
केरे ! बेसी हुने हैन ल । ऊस्ले मेरो दाहिने पाखुरामा प्याट्ट हिर्काइ, ऊस्को भावमा अलिकती आश्चर्य झुल्कियो - अलिकती लज्जा पोतियो, ममा भने अलिकती प्रोत्साहन पलायो । 
हाम्रो जोडी त गजब्कै देखिन्छ होलानी, के छ बिचार ? मैले दायां हात ऊस्को कांधमा राख्दै सिधै आँखामा नियालें । 
ह्याss joke नगर है मसँग, खै हात हटाउ । 
अच्छा ल ठीक छ । तिम्रो criteria हरु के-के छन् भनन्त । बा म fit पो भईहाल्छु कि ! 
हैन किन चाइयो तिम्लाई यो सब १२-२७ कुरा ? खुरुक्क त्यो बिस्कुट पनि सक्काउ त, kitchen मा जानु पर्छ एक्छिनमा । 
गजब छ बा ! हाम्लाई भन्दैमा के तिमी घटेर सानी भइहाल्ने हो र ? केटीहरु कस्ता लोग्ने खोज्दारेछन् भनेर पो त, फेरी भोली हाम्ले पनि कतै दर्खास्त फारम भर्नु पर्‍यो भने ति कुराहरु त जानिराख्नु पर्‍यो हैन !
तेसो भय जता आवेदन आव्वाहन गरिएको हुन्छ शोधपुछ केन्द्र पनि तेतै होला, मलाई केको टाउको दुखाई ? 
ओ हो ! help माग्दा पनि अब त टाउको दुख्ने भो है ! तेसोभे' मलाई पनि बस्नु पर्याछैन एस्ती स्वार्थिको घरमा बरु रमालाई पढाईदिय गुन त मान्ली ! मैले घुर्क्याएको नाटक गर्ने कोशीस गरें, तेसो त ऊस्ले 'जा' नै भने पनि म किन जादोहुं र ? 
ल भईगोन्त सरकार sorry, जतिखेर तिम्ले आवेदन फारम भर्नुपर्छ, मलाई भन्नु म help गर्दिम्ला भएन ? 
पक्का ? 
पक्का बाबा पक्का, गाइको मासु खानु । (हुनत यो कसमले अहिले अम्रिकामा खास्सै महत्व राख्दैन तर ऊस्ले तेसै भनेकिथी') 
ल म ढुक्क भएं तेसोभय, यै खुशीमा एउटा चुरोट खाएर आउंछु है त । 
लाज छैन है साथीको घरमा आएर चुरोट ऊडाउन ? बाटोमा त ल ठीक छ भनुम् । 
यि, सट-पेन्ट लाकैछुत !
हा हा very funny (ऊस्ले मुख बिगारी) । ए सुनन, कौशिमा नजाउ है सबैतिरबाट देखिन्छ, फेरी निशाको घरमा को केटो आएर चुरोट तान्दैथ्यो भन्छन् । तल जाउ पछाडिपट्टी । 
हे राम ! एउटा नाथे चुरोट खान पनि एत्रो सास्ती ? भन्दिनुनी मेरो boy friend हो भनेर ! 
चुsssप् फर्केर मात्र त आउन कस्तो कुटाइ भेट्छौ तिम्ले ! 
 
 
 
धेरै हिरो नबन है, ऐले औंला काटिन्छ अनी स्वाद भेट्छौ, बिस्तारै काट । (हामी भान्सामा थेम् । उ केराउ छोडाउंदैथी, म प्याज काट्दै)
हैन क्या यो रातो प्याज त कस्तो पिरो हुने तेइभेर छिट्टै सक्दिम् भनेको । (मैले सुंक्क-सुंक्क गर्दै भनें, ऊस्ले बडो ब्यङ्यपूर्ण हेराइ फ्यांकी मतिर)
कठैssबरा ! बिचsssरा ! कल्ले के गर्‍यो मेरो सानुलाई ? (प्याजतिर देखाउंदै) एल्ले - एल्ले हो ? एल्लाई म पाईss गरिदिन्छु अनी सानुलाई चक्लेट पनि किनिदिन्छु ल । नरोउ बाबा .. (ऊ जिस्किंदैथी मेरो आँखाबाट बर्‍रर आसुँ झरिहाल्यो, तेती भएपछी पुगिहाल्यो ऊस्लाई) ऊ-ऊ ! लौत अब, आसुँ पनि झार्द्या ! हा-हा-हा-हा ssss (कोठै रन्काउंदै हान्स्नथाली)। हे प्रभु ! ऊफ्फ् ! पेटै दुख्यो भन्या ! खै-खै यता हेरत .. ऊस्लाई अझैं जिस्किनु पुगेकोथेन ।  
अरे यार भो अब, पुग्यो त, प्याज काट्दा जस्को आँखाबाट पनि आसुँ आउंछ । 
तेत्रो ठुल्ठुलो ढिक्का चाइं कसैको झर्दैन है ! आन्टिले त kitchen मा पनि खुब help गर्छ भनिसिन्थ्यो त, यै तालले help गर्छौ घरमा पनि ! उ अहिले पनि हांस्दै थि । यस्तै हांसो-मजाकमै काट्कुट र पकाउने कार्यक्रम पनि सकियो । 
भात खाइहाल्ने हो कि चिया बनाम् ? (चिया भनेपछी उ र म जहाँ-जहिले पनि ready तर मलाई भोक पनि लागेको थियो, लगभग १ बजेको हुंदोहो दिनको) 
बिहानदेखी त्यै १ कप चिया र ४ वोटा बिस्कुटमै टार्यौ, फेरी अब चिया ? आफु झन भोकै दौडंदै आको ! 
हे भागवान ! अघी नै भन्नुपर्दैन त लाटा ? स्वस्थानीकोलागी बनाएको तेत्रो खाने कुराहरु थिए, मैले त तिमी घरमै केही खाएर आएकोहोला भनेर - तिम्लाई देखेर त मेरो पारो कहिलेकाँहीं कस्तो तातेर आउंछ भने नि, ल खुरुक्क बस त्यां ! म पस्केर ल्याउंछु । ऊस्ले आदेश दि, म फिल्टर खोलेर जारमा पानी थाप्न लागें ।  
 
 
यो angle लाई किन perpendicular देखाइरनु पर्‍यो ? योसँग एस्लाई alternate देखाइदियो भनेत तेत्तिकै prove भईहाल्छनी । हामी खाना खाइवरी फेरी चियाको सुर्को तान्दै ऊस्को bedroom मा, math को theorem discussion मा जुटेकाथियौं । 
हो त है ! सरले जहिले पनि लामो तरिकाले मात्र सिकाउनुहुन्छ के दिक्कै लाग्ने । 
म भरसक पढाईप्रती केन्द्रित रहेको देखाउने चेष्टा गरिरहें तर मनले मानेपो ! यो मन त आफ्नै कुची र रङहरुसँग खेल्दै गयो, भविश्यको क्यानभाषमा मिठा आकृतिहरु बनाउदै । सबै आकृति मुर्त र मस्त थिय । कल्पनामा मानिस कती कुशल कुचिकार बनिदिन्छ ! रङ्हरुको मिश्रणमा कस्तो राम्रो सामन्जस्यता आइदिन्छ अनी हरेक stroke पनि आफुले चाहेजस्तै कसरी चट्ट मिलिदिन्छ ! एउटा बान्की परेको कलाको जन्म गर्छ यो मनले जहां कुनै त्रुटी छैन, जहाँ कुनै रङ थोपरे जस्तो वा कुनै रङको कमी भय जस्तो लाग्दैन; आहा ! बांचाइको त्रिष्णा पनि यस्तै त्रिप्त भईदिय । 
suppose हाम्ले यांबाट diagonal खिच्यौं भने यो र यो पनि त supplementary हुन्छ, हैन ? (निशाले ह्वार्‍र आगो बाली - मेरो सुन्दर कृति भुस्स खरानी भो)
अं, जसरी पनि X को मान पत्ता लाउने त होनी । (हामी अहिले कुनै अर्को topic मा थेम्)
 
 
दुइधारी तरवारमै रेटिएर बित्यो त्यो दिन । पिरतिले एकातिरबाट रेटिरह्यो, परिस्थितीले अर्कोतिरबाट । अन्तिम कप चिया घरपछाडि आंगनमा ऊभिएरै खाइयो । उ अंझै पनि periodic table को कुरा गर्दैथी, म चुरोट्को धुंवा फुर्‍र ऊडाउंदैथें । अब गोमादेवी आउने बेला पनि हुन लागेको थियो, यो ज्यानलाई घर पुगेर औषधी पनि खानु पर्ने थियो - अलिकती stock त गोजिमै पनि थियो तर ऊस्लाई म कम्पाउन्डर हुँ भन्ने था'थेन, पछी डा. साब बनेपछी मात्र था'पाकी हो । goodbye kiss र hugging को चलन ऊ बेला थिएन, तेसैले ज्यानलाई आश पनि लागेन, ऊस्को कपाल तानेर बाहिरिंदै मैले भनें - ल मोज गर अब । 
 
 
 
SLC पनि अब नजिकिंदै थियो तर मलाई SLC आउनुमा ऊतिसारो रुची र ऊत्सुक्ता थिएन जती सक्किनुमा । मैले ठानेको थिएं, SLC सक्किनसाथ म निशा समक्ष सहिर्दय र खुला प्रस्ताव लिएर जानेछु, मेरो प्रेमको डुंगामा सहयात्री बनिदिन; एउटा सुखद शयरकालागी - जीवनको एउटा स्वर्णिम सुरुवातकालागी । सिनेमातिर थुप्रै देख्या हो "तुम कब आवोगे ..." भन्दै लैला-मज्नु भनाउंदाहरुले क्यालेन्डरमा दिन-बार काटेको ! तेतिसम्म चाइं गरिएन तर थुप्रै अनिदा रातहरु भने काटियो, थुप्रै ऊकुश्मुकुशका पलहरु पनि काटियो । 
 
प्रतिक्षाको फल मिठो हुन्छ भन्छन मान्छेहरु तर प्रतिक्षाको घडी कती लामो र बेचैनिको हुन्छ, त्यो भने भुक्तभोगिहरुलाई मात्र था'हुन्छ । मष्तिस्कमा अनेकौ तर्कनाहरुको मन्थन भईरहने, केही राम्रा - केही नराम्रा, कुनै भयका कुनै भावुकताका । कुहिरोको काग झैं सोचाइहरु यता र ऊती तितर-बितर हुन्छन, निश्साशिंदै । प्रकृया र प्राप्तिका हजार सम्भावनाहरुले ऊसैगरी मुटुमा ढ्याङ्रो ठोकिरहने - गलीएला भन्ने पनि पिर, हराइएला भन्ने पनि पिर, हारिएला भन्ने पनि पिर । आशाको एउटा झिनो त्यान्द्रो समातेर बिचरो मनुज, धन्न यो अथाह जीवनसागरमा तैरने प्रयास गरिरहन्छ । तुफानी रातको भञ्ज्याङबाट एउटा पिल्पिले बत्तिले त्यो माथिको टाकुरी हेर्दै यात्री आँफैलाई सान्त्वना दिन्छ, शायद ऊक्लीहालिन्छ होला । तर खै ! त्यो झिनो त्यान्द्रो निमेषमै चुंडिन के बेर - त्यो पिल्पिले बत्ती झ्याप्पै निभ्न के बेर, किनकी हरेक प्रयास र हरेक सान्त्वनाहरु; सफलतामै तब्दिल कहाँ हुन्छन् र ? 
 
 
जसो तसो SLC दिंदै गैयो, राम्रै पनि हुंदैथियो । एकदिन science को परिक्षाको बेला केन्द्राध्यक्ष भई टोपलेका सज्जनले सबैका गोजी टक्टक्याय, अरुकाबाट त खै के-के निक्ले कुन्नी - आफ्नो गोजीबाट भने औषधी निक्लियो ! खुरुखुरु लेखिरा' विध्यार्थीहरुलाई बिनसित्तिको झन्झट ! मेरो पनि कन्सिरिको रौं ठाडो भो, "सर मैले त एकछिनमा खानुपर्ने, पानी मगाइदिनुहुन्थ्यो कि बरु" भनें । पाले दाइले mineral water को एक बोतल ल्याइपुर्याए, मेरो पालो एउटा गोली र एउटा ट्याब्लेट घुट्क्याइदिएं । एकैछिनमा त झनन्न हुन सुरु भईगो, distillation को चित्र कोर्नुपर्ने; आँफैले बाङो-बाङो देख्न थालें, झन्डै science बिग्रेको !  
 
 
कोही प्रशन्न मुद्रामा निस्किन्थे, कोही प्रश्नपत्र च्यात्दै निस्किन्थे, कोही चिट खोसिदिने गार्डलाई सराप्दै निस्किन्थे भने आफुलाई नसिखाइदिने साथीसँग ठुस्किने पनि हुन्थे कोही । अरुलाई केको चिन्ता, घरज्वाँईंलाई खानकै चिन्ता भनेझैं आफ्नो चिन्ता भने ज्युंकात्युं जिन्दाबाद थियो - कहिले SLC सक्केला भन्ने ! हाम्रो सर्कलमा जस्ले अगाडि सक्काए पनि गेट बाहिरको मम पसलमा कुरेर बस्थिम् । सबै भेला भईसकेपछी, सामान्य चियापान सँगै सामान्य चर्चा पनि चल्थ्यो त्यो दिनको बिषयको बारेमा । तेस्पछी, सबै आ-आफ्नो बाटो । म कम्पाउन्डर भएकोले, निशा सँगै ऊस्कै घरको बाटो भएर जानपाए हुन्थ्यो भन्ने सोच्थें तर गुरु रशायन-शास्त्री पर्‍यो, पारी राधिका दिदिको भट्टीतिर तानेरै छोड्थ्यो । 
छ्या यो भाईहरुत ! यास्याल्सिको बेला पनि कस्तो खानु पर्नेहोला ? ऊनको संधैको तेइ राग हुन्थ्यो । 
हाम्लाई पनि थाछ दिदी यास्याल्सि हो भनेर तर यो पापी आंतलाई थाछैन केरे ! खै छिटो एक हाफ blue riband र २टा भुटन पठाउनुस् माथि, अरु पछी भनुम्ला । हाम्रो दैनिक order करीब एस्तै हुन्थ्यो, दिदी काउन्टरमा बिजी रइछिन् भने त तेती पनि भन्नु पर्थेन । 'माथी' देखाएर ईशारा गरिदिए, ऊन्ले आँफैले जानेर पठाइदिन्थिन् । 
"चुरोट नि होss ?" राधिका दिदी काउन्टरबाटै चिच्याइन् 
"अंs, यास्याल्सिको बेलामा तपाईंका मितबाउले बोक्न दिंदैनन्त" सिंडी ऊक्लिंदै गर्दा गुरु पनि करायो । 
 
 
चुरोट्को धुंवाले कोठा गुम्म परेको थियो, जिन र भुटनमा हामी आ-आफ्नो परीश्रम लडाउंदैथिम् । खस्ला झैं देखिने सिलिङ फ्यान्ले फिर्-फिर् गर्दै घेरिएको धुंवालाई छेउ-किनारा लाउने असफल प्रयास गर्दैथ्यो तर बुढो गोरुको जस्तो काहानी थियो तेस्को पनि, हिंड्नै नसक्नेले जोतोस् कसरी ? 
अनी, के plan बनाछस्त ? घुर्लुक्क गिलास खाली गर्दै गुरुले सोध्यो । 
तं मेरोमा आउंछस् कि म तेरोमा आम्त आज ? मैले प्रतिप्रश्न गरें । 
त्यो कुरा हैन यार, SLC पछीको plan भन्या । 
हेर्न यार मलाई पनि के गरुम - के गरुम भईराछ ! लेटरै दिंदा राम्रो होला कि फोन गरेर भन्दिम् ! 
थुक्क साले ! तेरो दिमागमा त every time तेइ घुमिराछे है ! मैले after SLC को कुरा गरेको मुलेss bridge course पढ्ने हो कि होइन ? पढ्नेभे कता जाने हो, कुन कलेजमा admission लिने हो - त्यो कुरा गर्या बुझिस् ? आफु गर्छु आग्राको कुरा --
ह्या ! टन्नै टाइम छ नि तेस्कोलागी, कल्ले दिमाग खपाइबस्छ ऐलेदेखी नै । 
मेरो बाउले त अस्ती फोनमा सोधिसके तिमेरु कुन कलेज जाने हो भनेर, तेइ भ'र पो तंलाई भन्या । हजुरलाई त तेइ hazel eye बाहेक सबै छु: मतलब रइछ, के गर्नु !       
ल ल सोच्दै गरुम्ला, यो अलिकती पनि भ्याइहाल्त । लाग्नु पर्छ अब, भोली त last exam है ! अलि-अली मातेका मेरा अंखाहरु निकै चौडा र चम्किला पार्दै मैले भनें । 
"बाल भो" मुखभरी भुटनको बुजो चपाउंदै अश्पष्ट स्वरमा उ बर्बरायो । 
क्रमश:
Read Full Discussion Thread for this article