Posted by: juction4love November 15, 2012
स्बामि आनन्द अरुणले देखेको अमेरिका
Login in to Rate this Post:     0       ?        
 युके को शिबिरमा स्बामी जीले भन्नु भयो, "शिविरमा भाग लिन लण्डनमा पढिरहेकी लाटभियन एक नवयौवना पनि आएकी थिइन् । व्यक्तिगत भेटमा उनले बताइन कि उनी एचआईभि पोजिटिभ हुन् । त्यो थाहा पाएपछि दुःख र विषादले उनले आत्महत्या गर्ने प्रयास पनि गरिन् । अनेक चर्च र मनोवैज्ञानिक काउनसिलिंग गइन् तर कहीं उनमा आशाको सञ्चार भएन । उनले शिविरमा भाग लिइन्, र सोधिन्, 'के म दीक्षा लिन सक्छु -' मैले उनलाई ससम्मान दीक्षा दिएँ । दीक्षा कै क्षणमा उनी ट्रान्समा गइन् र पछिका दिनमा आश्रम आई नियमित ध्यान गर्न थालिन् । केही दिनमै उनको जीवनबाट विषाद, दुःख र निराशाले सधैका लागि विदा लियो । उनी अत्यन्त आशा, उमंग र उत्साहले पुलकित थिइन् । शरीरको प्रत्येक कोषकोषमा आनन्द र अहोभाव  भरिएको हामी सबैले देख्यौं । उनले जीवनका बाँकी वर्षहरू अध्यात्मिक साधिकाको रूपमा बिताउने र ओशोको कार्य बिस्तारमा लाग्ने संकल्प गरिन् । एक साधारण मानवीय भुलले पूर्ण अन्धकार र निराशाले घेरिएकी एक किशोरीको जीवनमा उदाएको आशाको नयाँ किरण र विधायक परिवर्तन देख्ता मैले यस भ्रमणलाई सार्थक ठानेको छु । 
Read Full Discussion Thread for this article