Posted by: juction4love November 12, 2012
स्बामि आनन्द अरुणले देखेको अमेरिका
Login in to Rate this Post:     1       ?         Liked by
स्बामि आनन्द अरुणले देखेको अमेरिका
 ·    तीन वर्षभन्दा बढीको बच्चालाई आफ्नै सुत्ने कोठामा सुताउन गैरकानूनी हुन जान्छ, बच्चालाई छुट्टै सुताउनुपर्छ । नत्र बाल दुर्व्यवहारको मुद्दा लाग्न सक्छ । तर त्यही देशमा ४७ प्रतिशत कुकुरहरू भने परिवारकै ओछ्यानमै सुत्छन् । 
·    ३० करोड जनसंख्या भएको अमेरिकाले प्रतिदिन ३ अर्ब, १७ करोड, ९६ लाख लिटर तेल खपत गर्छ । १ अर्ब ३१ करोड जनसंख्या भएको विकसित देश चीनले खपत गर्ने भन्दा यो ४ गुणा भन्दा पनि बढी हो । 
·    आधा अमेरिकी आफ्नो जन्मभूमिबाट ५० माइल टाढा जादैंनन् ।
·    सपिंग अमेरिकीहरूको सबैभन्दा लोकप्रिय घरेलु क्रियाकलाप हो । 
·    अमेरिकाको १ प्रतिशत जनसंख्या अर्थात् करिब ३० लाख मानिस जेलमा छन् । 
·    अलास्कामा भालुको शिकार स्वीकृत छ तर तर फोटो खिचाउनकै लागि सुतिरहेको भालुको न्रि्रालाई बाधा पुर्‍याउनु कानूनको उल्लंघन हुनजान्छ ।
·    अमेरिकामा सपिंग मलको संख्या त्यहाँका हाइस्कुल भन्दा बढी छ । 
·    अमेरिकाले जुवातासमा खर्चिने पैसा जम्मा खानामा खर्चिने भन्दा बढी छ र घरमा ल्याएको २७ प्रतिशत खाद्य पदार्थ अमेरिकीहरू फाल्छन् । 
·    संसारमा भएको जम्मा कारको संख्याको ३५ प्रतिशत भन्दा बढी अमेरिका एक्लैमा छ ।
·    ७६ प्रतिशत अमेरिकी एक्लै कारमा यात्रा गर्छन् । 
·    औसत आफूलाई चाहिने भन्दा ६ गुणा बढी प्रोटिन अमेरिकीहरू खान्छन् । त्यसले गर्दा ६० प्रतिशत जनसंख्या मोटोपनबाट पीडित छ । अमेरिकी स्त्रीहरूको कुरा गर्ने हो भने सन् १९९१ मा ब्राको औसत आकार ३४ बी थियो भने अहिले यो बढेर ३६ सी भएको छ । 
Read Full Discussion Thread for this article