Posted by: Geology Tiger October 26, 2012
India's Nepal Oven ? WTF
Login in to Rate this Post:     1       ?         Liked by
हिजो बुरुरु हिउ परेर कोलोराडो सेताम्य भइरहेको बेला एक कप तातो चिया सुर्क्याउनु पर्‍यो भनेर छिरिङ्ग दाईको रेष्टुरेन्टमा छिरेको थिए । हुनत उनको रेस्टुरेन्टमा दुई चार चोटि पहिले पनि छिरेको थिए तर उनी जहिले पनि व्यस्त हुने हुँदा राम्रो चिनजानी गर्न पाएको थिइन । तर हिजो चाँही चियाको सुर्को लिदै उनीसँग राम्रै भलाकुसारी भयो । कुरो उप्काउदै जाँदा साझामा उनको रेस्टुरेन्टको बारेमा भएको गरमागरम बहससम्म कुरा पुग्यो । भएको के रहेछ भने उनले त्यो रेस्टुरेन्ट एउटा भारतीय रेस्टुरेन्ट धनीसँग किनेका रहेछन् जसले त्यतिबेला रेस्टुरेन्टको नाम India Oven राखेका रहेछन् । पछी छिरिङ्ग दाईले किने पछी उनले आफू नेपाली भएकोले Nepal पनि थपेछन् त्यो पनि  Indiaमा 's लगाएर । त्यस पछी त के चाहियो साझामा गरमागरम बहस.....

उनीसँग कुरा गर्दै जाँदा मैले के पाए भने उनै सार्है नै सोझा र आफ्नो कामसँग मात्र मतलब राख्ने मान्छे रहेछन्, India's Nepal नाम राख्दा यत्रो हङगामा हुन्छ भन्ने थाहा पाएको भए उनले कदापी त्यस्तो गर्ने थिएनन् होला र शायद उनले त्यसको अर्थै पनि राम्रोसँग बुझेका थिएनन् । छिरिङ्ग दाईले मलाई यो पनि बताए कि त्यतिबेला उनलाई थुप्रैले फोन गरे, कोही कोही भेट्न पनि आए .. "तपाइले यो कस्तो रेस्टुरेन्टको नाम राखेको?" यसरी उनको रेस्टुरेन्टको नामको बारेमा चर्चा परिचर्चा गर्नेमा नेपाली मात्र थिएनन् रे । खैरेहरुले पनि खुब खोजीनिती गरेछन् ... सबभन्दा रमाइलो कुरा के लाग्यो भने यो सब हङगामा र आलोचनाप्रति उनले कत्ति पनि चित्त दु:खाएनन् बरु दङ पर्दै भने " हेर्नुस् भाई मैले त भर्खर रेस्टुरेन्ट किनेको थिए, रेस्टुरेन्टको बिजिनेस कसरी बढाउने भनेर सोच्दै थिए । तर यो हल्लाले मेरो रेस्टुरेन्टमा यति धेरै मान्छे आए कि मैले याडहरु केही दिन परेन ।" मैले मनमनै सोचे "लौ साझामा चलाएको बहसले पनि कसैको भलै गरेछ ।"  फर्कने बेला एक चोटि फेरी रेस्टुरन्टको नाम पढे, India - Nepal Oven
Read Full Discussion Thread for this article