एउटा कथा दशैको part 2
अनी नि भाउजु अरुणी ... (फोन बिच्मै कट्यो) तर धेरै यादहरु तंछाड-मछाड गर्दै थिए
निधारमा गांठो पार्दै सुधाले म तिर हेरी "अरुणिमा दिदी त .. फेरी बाबु पनि .. "
tension लेनेका नही sweety देनेका है .. कुनै जमानामा लैला-मज्नु थिए इनिहरु । ऊस्को बाउलाई वाहुन ज्वाँई नै चाहियो त .. के गर्नु !
तर दिदिले कहिल्यै भनिसेन .... (ऊ केही सोच्दै'थि)
ओेए फुलन ! त्यो ठुलो प्यान त्यां राख्न । (ऊस्का आंखामा अनेकौ प्रश्नहरु कोरिंदै थिए)
तेसो त मेरो यो मित्र (मेरो लौङगौटिया यार) हेर्दा जस्तो देखिये पनि माहा ज्ञानी छ । ऊलाई खुबै प्युनु पर्ने, दारु सम्बन्धी कुनै पनि प्रश्न सोध्नुस् .. भुइंमा झर्न नपाउदै ऊस्ले उत्तर दिनेछ । कहाँ - कहिले - कस्तो माल पाइन्छ, ऊस्लाई रास्ट्रिएगान झैं कन्ठस्त थियो । म भने एक step माथि ऊक्ली सकेको थिएं, Isc पढ्दा-पढ्दै म "डा.साप" भईसकेको थिए । कुन tablet कसरी र के सँग मिसाउदा trip दिन्छ - सबै फर्मुला थियो !
यार, अब त आउनु पर्ने । माथिको बाटो गई कि क्या हो ? (हामी अरुणिमा school जाने बाटोमा कुरिरहेका थियौं)
आउलेनी यार, धैर्यताको फल मिठो हुन्छ बालक ! शान्ती ..
एस्सो imagine गर्त .. हाम्रो जोडी made for each other होइनत ?
तं वाहुन भएर जन्मिनस् गुरु, मलाई त संका छ है ।
प्यार, प्यार होता है गुरु, who care क्षेत्री-वाहुन ?
तेरो ससुरो बाउले त care गर्छनी । n thats important ।
ओेए ! त्यो अरुणिमा होइन !! (pink cycle मा अरुणिमा आउंदै थिन्)
तेरी आमालाई जे भन्नुछ भन् है । म सधैं class bunk गर्ने वाला छैन ।
letter दिउंत ?
होइन, चुम्मा-चाटी नै गरे भो'नी गुरु । दर्शक म छंदैछु त ।
(तर त्यहां केही भएन)
अरुणिमा हांस्दै निक्लिन्
मेरो गुरु शायद आफैलाई सराप्दै थियो ।
अनायाशै ढोका खोलेर उ प्रशन्न मुद्रामा बोल्यो "के प्रोग्रामीङ-स्रोग्रामिङ मा दिमाग खपाइरा' हिंड्न आज अरुणिमा मसँगै movie जांदैछे"
अरे वा ! best of luck bro, तर म कवाबमा हड्डी किन बन्नु ?
सुधालाई पनि भन्न
अरे यार ! फुलन देवीसँग time छैन गुरु, staff nurse को तयारी गर्दैछे ।
म फोन गरुम् ?
गरी हेर्, तर मलाई लाग्दैन उ आउंछेहोली ।
"गुरु, तेरो ससुरोले उठायो भने चाँही tension हुन्छ है" उ भुत्भुताउंदै नम्बर dial गर्दै थियो ।
हाम्रा दिन यस्तै थिए, अहिले सम्झदा खुशी पनि लाग्छ - केही खिन्नता पनि । चाहेको भय शायद तेतिखेर, धेरै कुरा गर्न सकिन्थ्यो होला । म अहिले सोच्छु, शायद राजनीतितिर लागेको भये हुन्थ्यो कि .. तर गोजिमा गांठ र फुलन देवीको साथ पाएपछी अरु सबै कुरा भाड्मा थिए तेतिखेर ।
बुढा ! यो त डढ्न लाग्यो त ! के हेरिस्या हजुरले ?
(म कुन दुनियाँमा थिएं) झसङै बनाइ सुधाले । "अलिकती पानी हाल्न"
रिया मैयाको फोटो हेरिस्यो हजुरले फेसबुकमा ? मलाई त मैया pregnant जस्तो लाग्यो नि ।
म के गरुं त ?
ओए-होए !! मेरो बुढा कहिले देखी सुध्रिस्यो एसरी ? anyway, good for me है !
मेरो अरु केही काम छैन र, दुनियाँको भुंडी हेर्दै बस्नलाई ?
फिर भि, रिया-रिया वो रिया-रिया .. रिया-रिया वो रिया .. उ भाङ्डा गर्दै थि
"मर् तं" भन्दै म फेरी marlboro लिएर वरण्डातिर लागें ,
रिया जुनीएर थि हाम्रो कलेजमा, तर हामी मिल्थौं । सुधाले तिलको पहाड मात्र बनाएकी हो । तर मेरो मन अहिले कहीं अन्तै तानिएको छ ..
दसैंकै दिन थियो त्यो पनि .. घरको टिका र अरु दुई-चार ठाउँ भ्याएर म अड्डामा पुगें । मलाई था' थियो उ तेही हुनेछ, भयो पनि तेस्तई ।
कती जितिस गुरु ?
के जित्नु यार, बसेदेखी लोदर लाइरा'छ
छोड् यो सब, हिंड नारायण अंकलको मा जाउं
अरे प्रभु ! आप नही होते तो ... कोइ और होता !! (उस्ले joke मार्यो तर खेल छोडेर मसँग आयो पनि)
खै! कुन गोरु बेचेको साइनोले हो, अरुणिमा पनि नारायण अंकलको मा टिका लाउन आउथिन् । हामीलाई तेत्ती काफी थियो - अरु सब बाल भो ।
सुधालाई फोन गरिस् ?
छैन यार उ पनि बिजी होलेनी ।
तर एती धेरै स्पेस पनि दिनु हुंदैन बुझिस् .. चङ्गा चेट् हुन्छ फेरी ।
I trust her गुरु
तेरो रामकाहनी तैं जान् । कतै bike रोक्न बरु, चुरोट खान मन लाग्यो यार ।
त्यो दिन मैले कसरी bike रोकें भगवान जाने ! unsolved mystery भन्दा पनि हुन्छ । bike लड्यो .. तेस्लाई cross गर्दै म घोप्टियं .. bike र मलाई cross गर्दै झनै अगाडि उ पछारियो ।
क्रमश: