Posted by: grgDai October 8, 2012
चार अर्ब झ्वाम पार्ने प्रचण्ड
Login in to Rate this Post:     0       ?        
 

एकिक्रित नेकपा माओवादीको पालुङटार भेलामा मोहन बैध्य किरणले आफ्नो दस्ताबेजमै पार्टीमा भ्रस्टाचार भएको उल्लेख थियो । त्यसलाई छानबिन गर्नु पर्ने माग राखेका थिए । अहिले पार्टी फुटेर नेकपा-माओवादी बनेपछि त्यो भ्रस्टाचार प्रचण्डले गरेको खुलासा गरेका छन् । त्यसको खुलासा नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले गरेका हुन् । उनले बेल्जियममा आफ्नो पार्टी निकटको जनप्रगतिशिल मञ्च, बेल्जियमको अधिबेशनलाई सम्बोधन गर्न आएका बेला हाकाहाकै त्यो ठोकुवा गरेर धेरैलाई आश्यर्चयमा पारिदिए । 

हिजो बेल्जियमको आन्तर्पेनमा नेपाली पत्रकारहरुले भेटघाट र अन्तर्क्रिया राखेका थिए गजुरेलसित । त्यहि बेला दर्जनौं पत्रकारहरुका बिच उनले प्रचण्डले चार अर्ब भ्रस्टाचार गरेको ठोकुवा गरिएदिएका हुन् ।

अब यो भ्रस्टाचारको मुद्दालाई सत्यतथ्य सहित आम जनताका अगाडि ल्याउने र सरकारलाई कारवाही गर्न सिफारिस गर्ने कुरोपनि त्यहि प्रसंगमा सुनाए । यो विषयलाई आम कार्यकर्ता र जनसमूदायकाबिच लैजानेपनि सुनाए । उनको मन्तब्य लामो थियो । देशको  बिबिध राजनितिक अवस्थाका बारेमा जानकारि दिए । केहि सुनिएका विषय थिए । केहि पढिँदै आएका प्रसंग थिए । केहि प्रसंग भने उनले नितान्त नौला सुनाए । उनले एकिक्रित नेकपा माओवादीका धेरै कमजोरीको भण्डाफोर गर्न खोजे ।

देशमा संवैधानिक संकट निम्त्याउनुमा ६०१ सभासदहरु जिम्मेवार रहेको बताएका उनले तर त्यसको मुख्य खेलाडी भने कथित ३ दलका नेता र ४ मधेशीदलहरु भएकाले तिनैले जिम्मेवारी लिनेपर्ने दाबी गरे । किन तिनले लिनुपर्ने त जिम्मेवारी ? उनले गज्जबको तर्क गरे “किनकी ४ वर्षको संविधान सभाको अवधिमा संविधानका विषयमा संधिवान सभाका ६०१ सभासदहरुबीच १ घण्टा पनि बहस हुन पाएन । बहस नै हुन दिएनन् ।” ११ वटा विषयगत संवैधानिक समितिहरुलाई १ वर्ष ८ महिनासम्म थन्क्याएर प्रचण्डले सबै सभासदहरुलाई बन्दी बनाएको आरोप पनि उनले हाकाहाकी लगाए ।

पत्रकारहरुले नेकपा-माओवादीले कमल थापा र पूर्व राजा ज्ञानेन्द्रसित भेटेको प्रसंग कोट्याए । त्यसरि भेट्नुको कारणपनि सोधे । उनले आफ्नो पार्टीले अहिलेसम्म नभेटेको तर यदि भेट्न खाँचो परे हाकाहाकी सार्वजनिक गरेरै भेट्ने स्पष्ठिकरण दिए । बरु प्रचण्डले चाहिँ उनीहरुलाई बलेको बत्तीपनि निभाएर राती राती लुकेर भेट्ने गरेको आरोप लगाए । कमल थापाहरु बाबुराम सरकारको स्थायित्वको पक्षमा रहेको र प्रचण्डले राष्ट्रलाई यहि अवस्थामा राखेर २५ वर्ष सम्म शासन गर्ने योजना बनाएकोपनि उल्लेख गरे । “प्रचण्ड नेपाललाई असफल राष्ट्र बनाउन चाहन्छन्” उनले भने ।

(फोटो : द काठमाण्डु पोस्ट)

Read Full Discussion Thread for this article