Posted by: nepcha1 September 28, 2012
Sita Air Crashed Near Kathmandu Airport
Login in to Rate this Post:     0       ?        
Take back your words mno. It feels sad to read your blaming this pilot; please read what the eyewitness said:

http://nagariknews.com/society/nation/46932-2012-09-28-05-50-55.html
 

विमान चालकले बस्ती जोगाए, यात्रु जोगाउन सकेनन्

 
उपेन्द्र लामिछाने, मनोहरा खोला (भक्तपुर), असोज १२ - 'पाइलटले बस्तीतिर खस्दै गरेको जहाजलाई खोलातिर मोडेर बस्तीका सर्वसाधरणको जीवन जोगाए, तर आफू र यात्रुलाई जोगाउन सकेनन्', जहाज खसेको स्थानबाट ३० मिटर पर घर रहेका सन्तवीर राईले भने।

शुक्रबार बिहान दुर्घटनास्थलमा असमञ्जस्य मुद्रामा भेटिएका उनले खस्दै गरेको जहाजले बस्ती बचाएको खुसीलाई उनकै अगाडि भएको १९ यात्रुको विभत्स मृत्युले दबाएको देखिन्थ्यो।

मध्यपुर नगरपालिका-१६ स्थित मनोहरा खोला किनारमा गुजमुज्ज रहेका झण्डै ७ सय घरधुरीको बीचमा जहाज खसेको भए अकल्पनीय क्षति हुन सक्ने उनले सुनाए ।

कक्षा ९ मा अध्ययनरत च्यालेन्ज राईले कोल्टँदै आफ्नै घरतिर आउँदै गरेको जहाज अचानक खोलातिर मोडिएको सुनाइन्। 'म त्यही चौरनजिक कुकुरलाई लिएर घुम्दै थिएँ,' उनले भनिन्, 'कोल्टँदै घरतिर आउँदै गरेको जहाज फनक्क खोलातिर घुम्यो।'

जहाज खस्न लागेपछि आफू दौडदै घर भित्र छिरेको उनले सुनाइन्। ' एक पटक बङ्ग आवाज आयो, उनले भनिन्, ' त्यसपछि थुप्रै पटक डङ्ग डङ्ग भयो।

'आगो लागेको निकै लामो समयपछि प्रहरी आएको उनले बताइन्। 'जहाज खस्नेबित्तिकै गाउँका दाइहरुले पुलिसलाई खबर गरेका थिए,' उनले सुनाइन्, 'पुलिस दाइहरु आउँदा जहाज पूरै जलिसकेको थियो।' उनले जहाजभित्र यात्रुहरुले हात चलिरहेको दृश्य आफुले देखेको सुनाइन्।

जहाज खसेको स्थान आफूहरुको फुटबल खेल्ने चौर रहेको १३ वर्षीय रुपेश राईले बताए। 'हामीहरु सँधै त्यहाँ फुटबल खेल्ने गर्थ्यौँ,' उनले भने, 'बिहान अलि चाँडै भएकाले चौरमा पुगिसकेका थिएनौ।'

आफू साथीहरुको प्रतिक्षामा चौर नजिकै रहँदा आमाले घरबाट चिच्याएर बोलाएको उनले सुनाए। ' जहाज निक्कै तल आएको थियो, ' उनले भने, 'म दौडेर घर पुगेँ।

सुकुम्बासी बस्तीकी लक्ष्मी राईले सिङ्गो बस्ती ठूलो दुर्घटनाबाट जोगिएको सुनाइन्। जहाज चलाउनेलाई पाइलटप्रति कृतज्ञ हुँदै उनले पाइलट बच्न नसकेको दुःख जनाइन्। बस्ती जोगाएर खोला किनारतर्फ मोडिएको थियो,' उनले भनिन् , 'चौरमा ठोक्किएर जल्यो।'दुर्घटना लगत्तै त्यस क्षेत्रमा भक्तपुर, ललितपुर र काठमाडौका घटनास्थलमा पुगेका थिए। घटनास्थलमा अधिकारकर्मी , संचारकर्मी, सुरक्षाकर्मी, रेडक्रस, र सर्वसाधरणको बाक्लो भिड थियो।


Read Full Discussion Thread for this article