Posted by: nepcha1 September 28, 2012
Sita Air Crashed Near Kathmandu Airport
Login in to Rate this Post:     0       ?        
 http://nagariknews.com/society/nation/46941-2012-09-28-11-43-22.html
 

'चरा ठोक्किएर मात्र दुर्घटना हुन्न, विमानमै प्राविधिक कमजोरी हुनुपर्छ'

 
काठमाडौं, असोज १२ (नागरिक)- नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचनले चरा ठोक्किएरमात्र कुनै पनि विमान दुर्घटना नहुने भन्दै दुर्घटनामा प्राविधिक कमजोरी रहेको दाबी गरेका छन्। 
हिजो उडानका लागि अयोग्य भन्दै ग्राउन्डेड गरिएको विमान आज के गरेर उडाइयो, त्यो शंकास्पद रहेको उनको कथन थियो। 
 
रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित कार्यक्रममा उनले आफूले जहाज उडाउँदासमेत पटकपटक चरासँग ठोक्किए पनि बचाएको उदाहरण प्रस्तुत गरे। उनले जहाजमा प्राविधिक र विमानस्थलको ब्यवस्थापनमा रहेको कमजोरी पनि दुर्घटनामा सहायक भएको आरोप लगाए। 
क्यापटेन शेरचनले नेपाली पाइलट विश्वकै सबैभन्दा जोखिम उडान गर्न सक्षम प्रमाणित भइसकेको अवस्थामा चरा ठोक्किएरमात्र दुर्घटना भयो भन्नु उचित नहुने तर्क गरे। विमानस्थलमा चरा उड्न नपाउने वातावरण निर्माण गर्न विमानस्थल ब्यवस्थापन असफल भएको उनको आरोप थियो। 
उनले विमानलाई मानवबस्तीमा खस्न नदिई खोलामा खसाउनु पाइलटको कुशलताको उदाहरण भएको भन्दै विमानका पाइलट सक्षम रहेको पुष्टि भएको बताए। 
नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले मनहरा खोलामा दुर्घटना भएको सीता एयर विमान दुर्घटनामा पाइलटको कुनै भूमिका नभएको भन्दै प्राविधिक जाँच भएर उडेको विमान चराको कारणले मात्र दुर्घटनामा परेको दाबी गरे। 
उनले मानवबस्तीमा विमान खस्न नदिनु पाइलटको सक्षमताको उदाहरण भएको बताए। 

Read Full Discussion Thread for this article