Posted by: Geology Tiger August 30, 2012
आफ्नो भबिस्ये जान्ने मौका नगुमाउनु होला
Login in to Rate this Post:     0       ?        
स्नुर्प साथी,

यहाँलाई आश्चर्य लाग्ला तर ज्योतिष शास्रमा सूर्य र चन्द्रलाई पनि ग्रहको रुपमा गणना गरिन्छ । त्यसैले भौतिक विज्ञानका सबै planets ज्योतिष शास्त्रको ग्रह होइनन् । अन्तरिक्षको बारेमा यहाँलाई जस्तो धेरै ज्ञान नभए पनि planets को संख्या ९ बाट घटेर होइन घटाइएर ८ पुगेको सम्म चाँही मलाई पनि थाहा छ । अर्को कुरा ज्योतिष शास्त्रले भनेको कुरा अकाट्य हुन्छ भनेर मैले दावी गरिरहेको छैन । यहाँले मैले लेखेको राम्रोसँग पढ्नुभएको भए मेरो कुरा बुझ्नुहुन्थ्यो कि शायद । मैले के लेखेको थिए भने म आँफैसँग पनि त्यस्ता धेरै प्रश्न छन् जो मैले राम्रोसँग बुझेको छैन । यहाँले गर्नुभएको धेरै प्रश्नहरु त म आँफैले पनि राखेको थिए । त्यसबाट पनि यहाँले बुझ्नुपर्ने थियो कि म पनि द्विबिधामा छु...... तर यो सबै कुरा हावादारी हो भन्ने कुरासँग चाँही सहमत छैन भन्ने कुरा ।

खैर मैले ज्योतिष बिज्ञान सबै हावादारी मात्र हुँदैन है भन्दा यहाँलाई लाज लागेकोमा म गर्नै पो के सक्छु र ?
Read Full Discussion Thread for this article