Posted by: Rahuldai August 30, 2012
आफ्नो भबिस्ये जान्ने मौका नगुमाउनु होला
Login in to Rate this Post:     0       ?        
 माथि बाघ दाइ ले धेरै हद सम्म स्पष्ट पारि सक्नु भयो . फलित ज्योतिष बिज्ञान अलि स्पष्ट नभए पनि त्यसका पनि आधार नभएका हैंनन . जन्मेको समय र स्थान  यदि सहि छ भने फलित ज्योतिष ले गर्ने भबिष्य बाणी र भूत को विश्लेषण सटिक हुने हुन्छ. 
 
अर्को कुरा भबिष्य भन्ने कुरा कसैको हात मा हुदैन. फलित ज्योतिष बिज्ञानले पनि भबिष्यको रुप रेखा सम्म बताई दिने हो . यही नै हुन्छ , यसरी नै हुन्छ  वा यो बेला यस्तो हुन्छ भन्ने हैन . यस्तो हुन सक्छ, यो नगरे राम्रो , यो गरे राम्रो , यति बेला होशियार हुनु, यो क्षेत्रमा काम थाले राम्रो .. आदि इत्यादि मात्र  अनुमान गर्ने हो. 
 
यदि कसैले यही नै हुन्छ , यस्तो हुदै हुदैन भन्छ भने त्यो ज्योतिषी पाखण्डी हो . ८८ बर्ष को उमेर मा खड्ग छ भन्नु को अर्थ मृत्यु हुन्छ भनेको हैन ,  तो बेला जीवन खतरामा पर्न सक्छ भन्ने संकेत मात्र हो.  बिहे यो उमेर मा हुने योग छ भन्नु को मतलब जसरी नै बिहे हुन्छ भनेको हैन. समय धेरै दृष्टिकोण ले अनूकुल छ भन्न खोजेको हो . 
 
त्यसरी नै हस्त रेखा बिज्ञान पनि ज्योतिष बिज्ञान कै एउटा अंग हो . कसरी हुन्छ के कारण हुन्छ , त्यो मलाइ थाहा छैन  तर हात मा भूत स्पष्ट देखिन्छ, भबिष्य धमिलो देखिन्छ  नै . भबिष्य भनेको तपाईं को बर्तमान को कर्म ले निर्दिष्ट गर्ने हो . भगवान वा दुत ले गरि दिने हैन . 
Read Full Discussion Thread for this article