Posted by: BrajesNepali August 18, 2012
Login in to Rate this Post:
0
?
काठमाडौं, भदौ २ । चीनको ओर्दोसमा आज साँझ हुन लागेको ६२औं मिस वल्र्ड २०१२ मा नेपालबाट सृष्टि श्रेष्ठले प्रतिस्पर्धा गर्दै छिन् ।
‘उत्कृष्ट १० मा पर्न पाउँदा चन्द्रमामा पुगेजस्तो अनुभूति भइरहेको छ’–सृष्टिले फेसबुकमा लेखेकी छन् । उक्त विधाकी विजेताको घोषणा आज साँझ ग्रयान्ड फाइनलमा नै हुनेछ । विधाको उत्कृष्ट सूचीमा सृष्टि दोस्रो नम्बरमा परेकी छन् । यो विधामा नाइजेरियाकी डेमिटी चार्लेस ग्रयानभिल्ले, गाउडेलुपकी ब्रिलम्बियाकी बार्बारा टर्बे, ब्राजिलकी मारिआना नोटारानगेलो, वेल्सकी सोफी एलिजावेथ मोल्डास र नर्दन आयरल्यान्डकी टिफानी ब्रिन छनोटमा परेका हुन् ।
‘मिस वल्र्ड २०१२’ को अन्तिम प्रतिस्पर्धा नेपाली समय अनुसार साँझको ५ बजे सुरु भई ७ बजे समापन हुने कार्यक्रम रहेको छ । विश्वभरबाट करिब १ अर्बभन्दा बढी दर्शकले हेर्ने दाबी गरिएको यस प्रतिस्पर्धालाई भारतीय जी टिभी लगायत नौ वटा टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।
१ सय १६ मुलुकले सहभागीता जनाएको यस प्रतिस्पर्धामा श्रेष्ठले मिस वल्र्ड बिच फेसनमा उत्कृष्ट १० पर्न सफल समेत भइसकेकी छिन् । यो विधामा पर्ने सृष्टि पहिलो मिस नेपाल हुन् ।