Posted by: bittertruth August 10, 2012
VOTE | SHRISTI SHRESTHA | VOTE
Login in to Rate this Post:     0       ?        
आगामी भदौ २ गते बिहानसम्म कुनै आश्चर्य भएन भने मिस नेपाल २०१२ सृष्टि श्रेष्ठले मिस वल्र्ड २०१२ अन्तर्गतको ‘मल्टिमिडिया एवार्ड’  जित्ने सम्भावना प्रवल भएर गएको छ। बुधबार साँझसम्मको भोटिङअनुसार सृष्टि मिस वल्र्डको यो विधामा पहिलो नम्बरमा छिन्। सृष्टिले  बुधबार साँझसम्म सर्वाधिक ३४ हजार ५ सय मत पाएकी छिन्। दोस्रो स्थानमा भियतनामकी सुन्दरी भू होवाङ माई २७ हजार ७ सय मत  पाएकी छिन्। मिस वल्र्ड २०१२ को निर्णायक प्रतिस्पर्धा आगामी भदौ २ गते सम्पन्न हुँदैछ। सृष्टिलाई भदौ २ गते बिहानसम्म मिस वल्र्डको  आधिकारिक वेबसाइटमा रहेको फेसबुक फ्यान पेजमा गएर भोटिङ गर्न पाइन्छ। यो एवार्ड विजेता भए सृष्टि स्वतः उत्कृष्ट ५० भित्र पर्नेछिन्  र निर्णायक चरणका लागि छनौट हुनेछिन्। सृष्टि मिस वल्र्ड २०१२ को ‘कल्चरल डान्स राउन्ड’ को उत्कृष्ट १० मा समेत पर्न सफल भैसके की छिन्।

यही वर्षको वैशाख २४ गते काठमाडौंमा सम्पन्न मिस नेपाल २०१२ मा विजयी हुनुअघिसम्म सृष्टि लन्डनमा रमाइरहेकी थिइन्। लन्डनमा  बसेर मोडलिङलाई करियर बनाइरहेका बेला मिस नेपालको मुकुट पहिरिएपछि सृष्टिले अन्तर्राष्ट्रिय चर्चा पाइन्। चर्चासँगै यतिबेला उनी  चीनको इनर मंगोलियाको ओरडस पुगेकी छिन्। उनको एक मात्र उद्देश्य छ, मिस वल्र्ड-२०१२ को मुकुट पहिरिँदै नेपाललाई विश्वसामु  चिनाउनु। सृष्टि यतिबेला मिस वल्र्ड-२०१२ को प्रशिक्षणमा व्यस्त छिन्। विश्वका १ सय २० वटा देशका सुन्दरीहरूसहित उनी अहिले विभिन्न  विधाको प्रशिक्षण लिइरहेकी छिन्। मिस वल्र्डको इतिहासमै पहिलो पटक १ सय २० जना सुन्दरीले प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि सन्  २०१० को मिस वल्र्डमा सर्वाधिक १ सय १५ जना सुन्दरीले भाग लिएका थिए।

src

Last edited: 10-Aug-12 10:09 AM
Read Full Discussion Thread for this article