Posted by: Yolmopa July 16, 2012
Login in to Rate this Post:
6
?
Liked by
फुटी जाने दर्पण त्यो चर्केर के भो
अपांग मेरो शरीर यो मर्केर के भो
कहिल्यै मीठो बोली नबोल्ने तिमी,
आज एकछिन मसँग झर्केर के भो
निको नहुने ठूलो घाउ दिएपछि
अब तिमीले थोरै नून छर्केर के भो
सदाको लागि हेर्न नचाहने तिम्रा
आँखाहरू आज मबाट तर्केर के भो
अब त धेरै ढिलो भइसक्यो प्रिय,
मेरो यो जीवनमा तिमी फर्केर के भो
अपांग मेरो शरीर यो मर्केर के भो
कहिल्यै मीठो बोली नबोल्ने तिमी,
आज एकछिन मसँग झर्केर के भो
निको नहुने ठूलो घाउ दिएपछि
अब तिमीले थोरै नून छर्केर के भो
सदाको लागि हेर्न नचाहने तिम्रा
आँखाहरू आज मबाट तर्केर के भो
अब त धेरै ढिलो भइसक्यो प्रिय,
मेरो यो जीवनमा तिमी फर्केर के भो