Posted by: Mechi to Mahakali July 4, 2012
Login in to Rate this Post:
0
?
झ्याउँकिरी भाइ ले साह्रै सटीक शव्द र वाक्य हरुको अती सुन्दर बुनाइ द्वारा कलम बद्ध गरेको अत्यन्त तथ्यात्मक, समय सान्दर्भिक र हृदय स्पर्शी कविता पढ्दा र मातृभूमि नेपालको बर्तमान स्थिती संझदा त मुटुमै भक्कानो फुटेर रुन मन लाग्यो. साथै हाम्रो माझ मा यस्ता प्रतिभाशाली युवा साहित्यकार हरु पनि छन् भन्ने कुरा महसुस गरेर गौरव पनि लाग्यो. झ्याउँकिरी भाइ, भविष्यमा पनि यस्तै सुन्दर सुन्दर कविता हरुको सोपान्द्वारा साझावासी हरुको साहित्यिक तृष्णा मेटाउने काम भै रहोस् ता कि तपाइंलाई साझा वासी हरुले झ्याउँकिरी भन्दा पनि नेपालि साहित्यका ज्योतिला जुनकिरी को रुपमा चिनुन!
मेची टू महाकाली
मेची टू महाकाली