Posted by: cybernepali June 22, 2012
Congratulations to Hari Bansha on his marriage
Login in to Rate this Post:     0       ?        
http://onlinekhabar.com/2012/06/174279.html#.T-RlTgY__zY.twitter
-हरिवंश आचार्य

हुन त यो मेरो व्यक्तिगत जीवनको कुरा हो । सबैले चिन्ने मान्छे भएको कारण चासो हुनु स्वभाविक नै हो । श्रीमती मिरा नभएपछि एक वर्षभन्दा बढी समय मैले एक्लै जीवन बिताएँ । मैले के बिचार गरें भने जीवन सहज र संयमित भयो भने ७५, ८० वर्षसम्म बाँच्न सकिन्छ । हिसाब गर्दाखेरी म अझै २०, २५ वर्ष बाँच्छु जस्तो लाग्छ । यत्रो जिन्दगीमा एक्लो भएर बस्नु कत्तिको ठीक हो, मैले आफूलाई कत्तिको न्याय गर्छु त भन्ने हिसाब पनि मैले गरें । श्रीमती जीवित हुँदा उनलाई गर्नुपर्ने जुन कर्तव्य थियो, मैले पूरा गरें ।

उनले छोडेर गैसकेपछि अब उनी आत्मामा मात्र बस्ने मान्छे भइन । अब त उनी मेरो लागि देवी, भगवती भइन् । भगवानलाई पाउँछु भनेर सधैं आश गरेर बस्ने कुरा पनि भएन । त्यसकारण मैले आफ्नो जिन्दगीको लागि केही सोच्नुपर्छ भन्ने ठानें । र सोच्न पनि जरुरी थियो । किनभने घरमा पनि धेरै परिवार भयो भने सजिलो हुन्छ होला । घरमा जम्मा दुईजना परिवार । एउटा छोरा अमेरिकामा छ । अर्कोले आफ्नै व्यवसाय शुरु गरेको छ । बेलुका घर फर्किंदा समय लाग्छ, अबेर हुन्छ । घरमा पुग्दा एक्लै । साथीको घरमा कति जानु । घरमा एक्लै हुँदा अत्यास लाग्न थाल्यो ।

धेरै मान्छेले श्रीमती विवाह गरेपछि पुनर्विवाह गरेका छन् । ठूला ठूला मान्छेले पनि गरेका छन् । श्रीमती हुँदाहुँदै मैले विवाह गरेको भए यो अपराध हुन्थ्यो । मिरा नभैसकेपछि मैले मेरो जिन्दगीको लागि सोच्नुपर्ने जरुरी थियो । छोराहरुको भाव पनि यस्तै थियो । साथीहरुको सल्लाह पनि यस्तै भयो । त्यसकारण मैले यो निर्णय गरेको हो । मदन दाइले धेरै सम्झाउनुभयो । तिमी यसरी बस्दा हाम्रो काममा बाधा हुन्छ भन्नुभयो । भाउजु, दिदीहरु, मेरो छोराहरु सबैले यस्तै कुरा गरे । अनि मेरो पनि व्यक्तिगत निर्णयले यसो गरें ।

अब घरमा मैले बोल्ने साथी पाएको छु । आफ्नो माया गर्ने मान्छे, जीवनसाथी भन्ने कुरा प्रकृतिले दिएको कुरा हो । यसो हुँदा त मेरो जीवन, पारिवारिक अवस्था र काममा पक्कै पनि फरक हुन्छ ।

मैले एउटै कुरा के भन्छु भने, मैले गलत काम गरेको छैन । म पनि मानव हो । मैरो पनि नीजि जीवन हुन्छ । यसबाट मेरोबारेमा समाजमा नराम्रो सोच्नुपर्ने केही छैन जस्तो लाग्छ मलाई । संसारमा कति मानिसका श्रीमान बितेका छन्, श्रीमती बितेका छन्, फेरि पनि पुनर्विवाह गरेका छन् । मेरो पनि यस्तै उदाहरण हो । यसलाई मैले सहज ढंगले नै लिएको छु । आशा छ समाजले पनि सहज ढंगले नै लिनेछ । श्रीमती हुँदाहुँदै कसैसँग त्यस्तो सम्बन्ध राखेर हिंड्ने गरेको भए दर्शक र मेरा शुभेच्छुकहरुको धारणामा चोट पर्न सक्थ्यो । अहिले दर्शकहरुकै सल्लाहले पनि यसो गरेको हुँ । धेरैजनाले मलाई एक्लै बस्न हुन्न भन्नुभएको थियो । त्यसकारण मैले जे गरें, ठीक गरें जस्तो लाग्छ । कतिपय कुरा कसैलाई मन पर्छ, कसैलाई पर्दैन । यो कुरा दर्शकहरुकै हातमा छोडिदिनुपर्छ ।

Read Full Discussion Thread for this article