Posted by: Rahuldai June 20, 2012
लिम्बूवान लाई १८३१ श्रावन २२ गते को सन्धि अनुसार स्वतन्त्र घोषणा गर्न सकिन्छ
Login in to Rate this Post:     0       ?        
 नेपाली लाउरे जी को कुरामा केहि थप्न मन लाग्यो. 
 
सरकारी जागिर र लोक सेवा आयोग को कुरा गर्दा आफ्नो अनुभव कोर्दै छु . मैले लोक सेवा दिदा १७ वटा सिट ( इन्जिनियरिंग सेवा राज पत्रान्कित तृतीय श्रेणी - सरकारी अधिकारी सेवाको प्रवेश तह )मा करीब ६२० जना ले परिक्षा दिएका थिए. तिनमा कुन कुन जाति जनजाति थिए हेक्का भएन तर सफल हुने हामी सत्र जनामा मधेसका २ जना, नेवार ४ जना , थकाली १ जना क्षेत्री ३ जना र ७ जना ब्राम्हण थिए . यसबाट पनि के जानकारी हुन्छ भने योग्यताले जातपात हेर्दैन, ज जसले परिक्षामा राम्रो गरे तिनीहरु सफल भए. 
 
पढाइ र क्षमताको कुरा नि त्यस्तै हो . जो जसले राम्रो संग पढे वा जो जस संग प्रतिभा  छ तिनै सफल हुन्छन . जस्तो हाम्रो पाला को एस एल सी को नतिजालाई हेरम ..
 
बोर्ड आएका ( १ देखि १० सम्म ) तेह्र जना मध्ये  बोर्ड फस्ट लगायत ८ जना नेवार, ३ जना ब्राम्हण , १ जना क्षेत्री , १ जना मधेस का ब्राम्हण  थिए . ती मध्ये सबैले उच्च शिक्षा हासिल गरे . ती मध्ये पनि ६ जना संग विद्यावारिधि ( पी एच डी) डिग्री छ र ती पी एच डी धारी सबै नेवार हुन् . अझ ती मध्ये १ जनाले मात्र सरकारी सेवा लाई आफ्नो गन्तब्य चुने, त्यो पनि नेवार नै थिए . अझ गहिरिएर विश्लेषण गर्दा  १३ जना मध्ये ९ जना विदेशमा छन् . 
 
अब भन्नुस यहा जातीय पक्षपात को कुरा कहाँ बाट आयो ?? लोक सेवामा बाहुन मात्र पास हुन्छ , एस एल सी मा बाहुन मात्र सफल हुन्छ भन्ने कुरा कहाँ बाट आयो ??  सफल हुने कुरा आफ्नो क्षमता . लगन र परिश्रममा भर पर्छ . पढ्ने बेला नपढ्ने अनि अहिले जातीय आधारमा जांच नै नदिई जागिर चाहियो त्यसैले जातीय पहिचान सहित को राज्य चाहियो . बन्दूक को भर मा सत्ता चलाउनेहरुले हाम्रो समाज मा घोलेको मन्द बिष को प्रभाव हो यो . अमिलो अंगुर को बहाब हो यो . 
 
अर्को एउटा प्रसंग याद आयो . उपत्यकाको एउटा सरकारी कार्यालय को उप प्रमखु थिएँ . प्रसङ्ग बस बाहुन बाद को कुरामा हाम्रो अफिस मा बहस भयो . हाम्रो लेखा अधिकृत ले भनेको कुरा झल्झली याद आउछ . " सर  कसरि बाहुन बाद भयो ल भन्नुस त .." " हाम्रो अफिस मा कार्यालय प्रमुख नेवार, दुइ जना उप प्रमुख नेवार, म एक जना मात्र बाहुन .  बिभाग को डी जी ( महा निर्देशक ) नेवार, उप- महानिर्देशक द्वय दुवै नेवार . मध्यमान्चल क्षेत्रीय निर्देशक नेवार . अब भन्नुस कुन चाही ठुला पद मा बाहुन छन् ?? ' यहाँ बाहुनबाद हैन नेवार बाद चलेको छ " 
 
उहाँ को कुरा सत्य थियो. योग्यताले कहिलेइ जात धर्म हेर्दैन . परिक्षा नै नदिई  कसरि सफल असफल हुन्छ ?  सन्त बहादुर राइ, तीर्थमान शाक्य लगायतका लोक सेवा आयोग का अध्यक्षहरु मुख्य सचिब भै योग्यता कै भरमा अध्यक्ष भएका हुन् . लोक सेवा आयोग को कुनै पनि तह को परिक्षा नै न दिएका हाल का लोक सेवा आयोगको का वा अध्यक्ष - कयो देबी यमी मात्र हुन् . उहाँ कसरि किन त्यो गरिमाय पद मा पुग्नु भयो सबैलाई थाहा भएको कुरा हो . 
 
Read Full Discussion Thread for this article