Posted by: KishorLimbu June 20, 2012
लिम्बूवान लाई १८३१ श्रावन २२ गते को सन्धि अनुसार स्वतन्त्र घोषणा गर्न सकिन्छ
Login in to Rate this Post:     0       ?        
 "______" मित्रलाई मेरो पनि  नमस्कार !  साथै  मेरो  बारेमा सरोकार राख्नु भएको मा धन्यवाद दिन चाहन्छु -  २  महिना को लागि नेपाल गएको थिए | त्यसैले साझा मा आउन सकिएन | त्यत्रो सम्मान गरेर सम्बोधन गरि राक्नु पर्दैन नि हो साथी !  हाम्रो विचार  मात्रै नमिलेको हो , व्यक्तिगत रुपमा हामीले यसलाई ठुलो इगो बनाई राक्नु हुन्न  |

तपाइले बुदागत रुपमा राक्नु  भएको सबै विचार हरु अत्यन्तै सुन्दर छन र उक्त कुरा हरु लाई सम्बोधन गर्न जरुरि छन् |
इतिहास मा भएको गल्ति कमजोरी हरुलाई राम्ररी केलाउनु भएको छ र त्यस बाट सिक्नु पर्छ भन्ने कुरा संग कसरि असहमत हुन् सकिन्छ ! आवास ,इन्धन ,यातायात ,शिक्षा , स्वास्थ्य , रोजगारी  हाम्रो लागि प्रमुख चुनौती हरु हुन् | लगभग २५० वर्ष सम्म उक्त चुनौती हरुलाई सम्बोधन गर्न केन्द्रीकृत व्यवस्था असफल भएको ले  संघिय व्यवस्था मा जानु परेको कुरा हामी सबै लाई थाहा भएको नै हो | नेपाल मा क्षेत्रि / ठकुरी हरुले केहि चतुर ब्राह्मण हरुको सहयोग मा अरु जातजाति माथि शाशन गरे | लोक सेवा आयोग आफु अनुकुल बनाए - सेनामा  आफ्ना छोरा,नाति ,जुवाई /चेला र आफ्ना लठैत भर्ना गर्ने संस्था बनाए |  नेपालको कर्मचारी हरु मा ३% जनजाति रहेछन  र बाँकि ९७ प्रतिशत ब्राह्मण, क्षेत्रि, नेवार र मधिसे मुलका हरु छन् | नेपालको प्राकृतिक स्रोतमा स्थानीय जनता को अधिकार कहिले देख्नु भएको छ ? नेपालका ब्राह्मण ,क्षेत्रि , मधिसे र नेवार हरुको प्रभुत्व रहेको प्रसाशन र सरकार ले नदि नाला हरु सबै बिदेसी कम्पनि हरुलाई बेचेर र सिद्यौना लागि सकेको छन् - उधाहरण माथिल्लो कर्णाली लाइ गिरिजाल कोइरालाले  इन्डियन कम्पनि लाई अनुमति दिएका थिए |   

नेपालको लगभग ४० प्रतिसत खस-आर्य समुदाय संग  सत्रु मोलेर  लिम्बूवान को पक्षम उभिदा तपाइले भवानी बराल जी लाई ठग को पंतिमा राक्नु हुन्छ भने मेरो भन्नु केहि छैन | भवानी बराल जी को  सत्य को पक्षमा बोल्ने साहसको लिम्बूवान पक्षधर् जनताले  कदर अबश्य गर्ने छन्  | लिम्बुहरु लाटो जाति हुन् -  ढिलो तर दिगो हुन्छन - मित्रता का लागि ज्यान दिन पनि तयार हुन्छन | त्यसैले भवानी बराल जी को  भबिस्य उज्वल नै देख्छु | 

नेपालको ठुलो पोस्टमा एक दुइ जना जनजाती  राखेर हामीलाई मुर्ख बनउने दिन गए अब -  हेर्नुस नेपालको CDO हरु कति जना राइलिम्बू , गुरुङ , मगर , तामांग , थारु हरु छन् - कति जना राजदुत हरु यी समुदाय बाट छन् - मैले उल्लेख गरेका यी जाति बाहेक का अरु जाति हरु को कुनै अस्तित्व नै देखिदैन - अनि कसरि हुन्छ समानता ?  मैले यो कुरा भन्दा फेरी पढेको हुनु पर्छ भन्नु होला | छात्रवृत्ति पाएर  विदेश  अध्यन गर्ने  अवसर नपाए पनि  हालका दिनहरुमा आफ्नै खर्च मा उलेख्य मात्र मा जनजाती हरु पनि विदेश मा पढेका छन् |  छात्रवृत्ति   पाउन त  ब्राह्मण , क्षेत्रि ,  नेवार र मधिसे  भएर नै जन्मनु पर्छ नेपालमा- लौ ठिकै छ  योग्य र पढेको हरुले मात्रै  देशको सत्ता र   प्रशासन चलाउनु पर्छ भन्ने मान्यता पनि ठिकै हो तर त्यत्रो  योग्य र  उच्च शिक्षा लिएका ब्राह्मण क्षेत्रि , नेवार र मधेसे हरुले नेपाल राष्ट्र लाइ त संसार कै गरिव र असफल राष्ट्र मा दर्ता गर्न लागि सके नि त यसको जिम्मिवर यी समुदयेले लिनै पर्ने हुन्छ |
हो यस्तै असमानता लाई नजिक बाट निगरानी राख्न र स्थानीय प्राकृतिक स्रोत लाइ  भ्रस्टचारी मन्त्रि हरु बाट जोगौना  ऐतिहासिक पृष्टभुमि को आधारमा राज्य को नामकरण गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो | अब राज्य को नामकरण मा नै कुरा मिलि नसकेको अवस्थामा  ५ बर्से , १० बर्से योजना हरु अहिले नै बनाउनु अलि चाडै पो होला कि ! तर तपाइले भन्नु भएको जस्तो  ठोस गुरु योजना हरु हुनु अत्यन्तै जरुरि छ र उक्त कुरा हरु राज्य पुनर संरचना पछि पनि गर्न सकिन्छ |
Read Full Discussion Thread for this article