Posted by: cheli June 15, 2012
भष्टाचार
Login in to Rate this Post:     0       ?        
सार्है खुशी लाग्यो  दिपिका तिम्रा बाबाको कुरा सुनेर .. घुस्याहाको बीचमा बसेर घुस नखाने हुन सक्नु पक्कै पनि हिम्मतिलो कुरो हो .. 

मेरा बा  चैं क्याम्पसमा पढाउनु हुन्छ, एकदिन एकजना विद्यार्थी १ हर्पे घिउ बोकेर आको थियो घरमा, "सर, मेरो घर बाट ल्याएको, सरलाई कोसेली" भन्दै  बाले विद्यार्थीलाई हकार्दै घिउ फर्काइदिनु भो -" घिउ भनेको केटाकेटीले खाने चिज हो बाबु, तिमी खाऊ बलियो बन अनि राम्रो संग पढ" भन्दै अनि मैले तिमीले जस्तै गरेकिथियें. "कोशेली त हो नि किन नालिनुभाको कत्ति मिठो घिउ थ्यो होला " भन्दै.. अनि बाले भन्नु भाको थ्यो - "घिउको कोशेली अहिले लिएपछि भोली उसले जाच बिगार्यो भने घिउको साटो तिर्नै  भनेपनि उसलाई अंकको कोशेली दिनु पर्ने हुन सक्छ, मैले त्यसो गरिन त उ जाँच बिगारेर फेल नै भयो भने मलाई आएर सर घिउ खाएर पनि फेल पारिदिनु भो  भन्यो भने मैले के जवाफ दिने ?" भन्नु भाकोथ्यो.. अनि चैं मलाई बाले ठिक गर्नु भयेछ जस्तो लाग्याथ्यो !!    
Read Full Discussion Thread for this article