Posted by: dipika02 June 15, 2012
भष्टाचार
Login in to Rate this Post:     3       ?         Liked by
चेली, तिम्रो यो कबिता र ठुल्दाइ को कुरा सुनेर मलाई सरकारी जागीरे मेरो बाबाका कुरा सुनाउन मन लाग्यो। सुब्बाको ओहदाबाट उहाको जागिर सुरु भएकोथ्यो तर छोटो समयमा सचिबको ओहदामा पुग्नु भयो। सिधासिधी प्रमोसनले त कहाँ हुन्थ्यो र हाम्रो देशमा, बाबा सधैं लोक सेवा आयोगमा लडेर नै उक्लनु भयो। उहाँको गुन भनु या बैगुन घुस लाई निकै घ्रिणा गर्नु हुन्थ्यो। पारिवारिक जमघटमा इस्ट मित्रले सुनाउथे देश अनुसार को भेष गन्रु पर्छ भनेर तर बाबाले प्राय त तेस्लाई हाँसोमा उडाइदिनु हुन्थ्यो। बाबाका साथीहरु चिल्ला मोटर चडेर पुग्थे बाबा चै पुरानो मोटरसाइकलमै खुशी हुनुहुन्थ्यो। बाबाले सुने नसुने गरेपछी आमालाई उक्साउथे नातेदारहरुले। एउटा साइन गरे बापत घर मै पैसा पुर्याउछन भनेर सुनाउथे। आमा पनि बेला बेलामा त भड्किनु हुन्थ्यो र बाबालाई घोच पेच को प्रहार गर्नुहुन्थ्यो तर बाबाले उल्टो जिस्केरै घोच पेचलाई बाटो लगाइदिनु हुन्थ्यो।
 
 
एक दिन हाम्रो घरमा एकजना मारवाडी महासय आएका थिए। हातमा कालो रङको ब्रिफ्केस लिएर। ओठमा कुटिल मुस्कानथ्यो उनको। उनी आएका बाबालाई पटक्कै मन नपरेको मैले धरी बुझिसकेको थिएँ। एक्छिन मै बाबा नराम्रो सँग रिसाउनु भयो।
"यो पैसा अहिले नै लिएर निस्किहाल मेरो घर बाट। यस्तो नचाइदो काम लिएर आइस भने खुट्टा भाँचिदिन्छु। मेरो घर सम्म आउने हिम्मत कसरी गरिस" भन्दै बाबाले स्वर चर्को गर्नु भयो।

 
त्यो मान्छे लुरु लुरु निस्केर गयो तर म ढोका को संघारमा बसेर निकै बेर रोइरहेँ त्यो पैसा किन नलिएको भनेर। बाबाले बिहान पाटन क्यम्पस मा एम. पि. ए. लाई पढाउनु हुन्थ्यो। चिनी रोग को बिमारि बाबा सबेरै चिसोमा त्यो पुरानो मोटरसाइकल घुक्याउदै कालोपुल देखी पाटन पुग्नु हुन्थ्यो। मैले सोचेँ तेस्ता पैसाले बाबाले गाडी किन्नु भए त त्यो चिसोमा मोटरसाइकल मा त पुग्न पर्दैनथ्यो। न त दसैंमा मामाघर तिर टिका लगाउन जाँदा हामीहरु छुट्टाछुट्टै जानु पर्थ्यो। कर इन्स्पेक्टर मेरो सानो बुवाको निलो पजेरो देख्दा बाबाको मोटरसाइकल सम्झेर झन माया लागेर मन दुखाउन पर्दैनथ्यो। मेरा साथीहरु पैसा खर्च गर्नमा कोही भन्दा कोही कम थिएनन। उनिहरुलाई हजार दुई हजार पन्ध्र दिनमा सकाउन पनि आपत्ति हुँदैनथ्यो। आफुलाई महिनाको पाँच सय पनि माग्न कहिले त आपत्ति नै हुन्थ्यो। त्यो पनि सम्झिए शायद, आशु रोकिने छाटकाट देखिएन। । धेरै बेर रोएपछी आमालाई पनि दिक्क लागेछ क्या र कहिले त्यसरी भन्नु हुन्नथ्यो, एक्कासी "घुस खाने आँट बाबाले गर्नु हुन्न, कोहि रोए पनि उहाँलाइ फरक् पर्दैन" भन्नु भयो। बाबाले आँखामा आँशु टल्बल टल्बल पार्दै "घुस्याहरुको बिच बसेर घुस खान के गाह्रो छ र? घुस नखाने आँट मैले कसरी गरेको छु त्यो बुझ तिमीहरु। यसरी तिमीहरुले नै बिलौना गर्यौ भने मेरो स्वाभिमान बिक्न बेर लाग्दइन" भन्नु भयो। आमा र मलाई बाबाको आशुले मुटुमा चसक्क घोच्यो। भाई त सानै थ्यो उस्ले बुझ्ने बेला भईसकेको थिएन।
 
पैसा ले त कस्लाई नै पुग्छ र तर कसैले सरकारी कर्मचारी र भ्रस्टाचार को कुरा गर्दा आज म निर्धक्क र गर्ब सँग मेरो बाबाको कुरा सुनाउन सक्छु।
Read Full Discussion Thread for this article