Posted by: Rahuldai June 15, 2012
वास्तवमा यो कुनै पूर्व-िऩ़योिजत प्रयास िथएन
Login in to Rate this Post:     0       ?        

गल्ति यहाँ न त गौरिश्वर जी को देखियो न त उहाँको " भूल बस " हुन गएको त्रुटीको . आफ्नो हेल्चेक्र्याई को लागि माफी मागेर उहाँले आफ्नो इज्जत बढाउनु भएको छ .

तर आफ्नो गलत र कु-तर्क लाइ अझै जायज र स्थापित गर्ने धृष्टता गरेको देख्दा उदेक लागेको छ . गौरिश्वर सर संग  रि-थिंक जी को के मोह हो ? अझै प्रतिरक्षा गर्दै हुनु हुन्छ .

स्व. माधव घिमेरे नि भूल बस लेखेको हैन - भन्नुस न अब . जिउदा राष्ट्रकबि मरे कै हो, यसलाई पोजिटिभलि लिउं भन्नुस .
एउटा कु-तर्क को प्रतिरक्षाको लागि हजार कु-तर्क गर्दै हुनु हुन्छ तपाईं .

जजसले यो घटनाको बारे कुरा उठाए, कसैले पनि गौरिश्वर सर ( अध्यक्ष ज्यू ) को चरित्र हत्या गर्ने उद्देश्यले गरेको हैन जस्तो लाग्छ . हाल सालै साहित्य चोरी को घटना तीब्र भाकोले साहित्यप्रेमी जमातले प्रसंग उठाएको मात्र हो .

र अनाम साहित्य जामत को प्रश्न को सवाल छ . अनाम नै सही साझाका  धेरै साहित्य प्रेमीहरु बदनाम छैनन् . यो अनाम भित्र धेरै नामहरु छन् .

धेरै साहित्यकारहरु को स्तर -सुनाम धारी साहित्यिक जमात भन्दा उच्च छन् . केही साहित्यअनुरागीहरु त अझ वरिष्ठ साहित्यकारहरुको पंक्ति मा उभिएका छन्.

Last edited: 15-Jun-12 11:42 AM
Read Full Discussion Thread for this article