Posted by: cheli June 14, 2012
भष्टाचार
Login in to Rate this Post:     6       ?         Liked by
http://sajha.com/sajha/html/index.cfm?threadid=98195

माथि उल्लेखित धागोमा कुराकानीका सिलसिलामा Geology Tiger ले "त्यो पाँच करोड घुस खानेको के दोष ? बिचरा उसको स्वास्नीलाई काठमाडौंको मुटुमा पाँच तले घर चाहिएको थियो, उसको छोरोलाई पजेरो चाहिएको थियो .............. उसलाई त घुस खान मनै थिएन, बिचरा बाध्यतामा पर्‍यो ..." लेख्नु भएपछि मलाई पहिले नै लेखेको एउटा कविताको  सम्झना भयो .. साझामा पहिलेनै पोस्ट गरी सकें कि सकिन पनि याद छैन मलाई .. यहाँहरु ले पहिले नै पढिसक्नु भएको भए माफी चाहन्छु ..

मेरो कविताको शिर्षक छ  "भ्रष्टाचार "

बाध्यताले भ्रष्टाचार गर्नु सारै राम्रो रैछ

परिवार खुशी राख्नु दायित्व त हाम्रो रैछ

 

महंगीको जमाना छ, परिवार पाल्नै पर्यो

फेशन अनुसार सबैलाई नयाँ लुगा हाल्नै पर्यो

त्यसैले त भ्रष्टाचार गर्नु सारै राम्रो रैछ

परिवार खुशी राख्नु दायित्व त हाम्रो रैछ

 

छोरीलाई हेल्थ सेन्टर पठाउनै पर्दो रैछ

जिम सेन्टर ज्वाइन गर्न छोरो अघि सर्दो रैछ

भन्या नभए श्रीमतीको पारो धेरै चढ्दो रैछ

ह्वीस्की चुस्की लिन पाउँदा आफ्नो नि शान बढ्दोरैछ

त्यसैले त भ्रष्टाचार गर्नु सारै राम्रो रैछ

परिवार खुशी राख्नु दायित्व त हाम्रो रैछ

 

तलबको भरमा आफू पालिन नि गाह्रो हुन्छ

अलिकति घुस नखाई बाँच्न झनै साह्रो हुन्छ

आँखी भइन्छ अफिसमा सत्यवादी मान्छे बन्दा

तेज हुनुपर्छ घुस लिन अरु सबै भन्दा

त्यसैले त भ्रष्टाचार गर्नु सारै राम्रो रैछ

परिवार खुशी राख्नु दायित्व त हाम्रो रैछ ...


Read Full Discussion Thread for this article