Posted by: Geology Tiger June 14, 2012
अमेरिकामा थरी थरीका कविता चोर
Login in to Rate this Post:     0       ?        
दर्शन रौनियारसँग बसेर पार्टी खाएको फोटो हतार हतारमा फेसबुकमा राख्न भ्याउने मान्छेले यो सन्देशको जवाफ दिनु भ्याउछ कि भ्याउदैन ?

नमस्कार गौरिश्वर सर !

यहाँसँग मेरो परिचय त छैन तर पनि एउटा अनुरोध गर्न मन लागेकोले यो सन्देश पठाएको छु । अमेरिकी सदनको उम्मेद्वार बन्न लाग्नु भएका दर्शन रौनियारले कनेटिकट भ्रमण गर्दा उहाँलाई शुभकामना दिदै यहाँले जुन कविता वाचन गर्नुभएको थियो, त्यो कविता दर्शन सरले बहुत प्रेमपूर्वक आफ्नो फेसबुकमा राख्नुभएको छ । उक्त कविताको पहिले हरफ यहाँले राष्ट्र कवि माधव घिमिरेको 'बैशाख' शिर्षकको कविताबाट लिनुभएको रहेछ । कविता वाचन गर्दा यो कुरा यहाँले पक्कै भन्नु भएको थियो होला । तर दर्शन सरले फेसबूकमा राख्नु भएको यहाँको हस्तलिखित कविताको फोटोमा त्यस्तो कही देखिएन । यसैले त्यो कविता पढ्ने व्यक्तिहरुमा गलत सन्देश नजाओस भन्ने उद्देस्यले दर्शन सरको फेसबुकमा यो कुरा स्पष्ट पारिदिनुहुन्थ्यो कि ?

धन्यवाद!


एक चोटि चरित्र हत्या केलाई र कस्तो अवस्थामा भनिन्छ त्यसको बारेमा पनि अध्ययन गर्नु भए हुन्थ्यो ज्ञानी मित्रले !


Read Full Discussion Thread for this article