Posted by: Deep April 9, 2012
आभा
Login in to Rate this Post:     1       ?         Liked by
मैले जसरी "आभा" लेखुम्ला भन्ने सोच राखेर शब्दहरु भेला पार्दै मिलाउन थालेको थिएँ, त्यो सोचलाई मेरा अरु जिम्मेबारीहरुले लगातार अनि अझ अरु थप चुनौतीहरुले दबाबको घेरामा पार्दै गए। परीस्थीतीको बन्दी मेरो त्यो सोच फेरी उस्तै रुप र भावमा उम्केला भन्ने बिस्वासलाई म आफैले प्रश्न गर्न थालेको थिएँ। फेरी प्रस्तुती मुख्यत: काल्पनिक भएकोले दृष्यहरुको बादल कल्पनाको आकासमा खोज्नु पर्थ्यो अनि आकार दीनु पर्थ्यो। त्यसैले जसरी सोचेको थिएँ, त्यसरी प्रस्तुत गर्न सकिन। निक्कै हतारमा लेखें, फरक बाटोमा गएर लेखें। त्यसैले प्रस्तुतीमा कमजोरीहरु जता जतै प्रसस्तै भेटीन्छन। ती सबै कमजोरीहरुको जिम्मा मैले लिनै पर्छ र लिन्छु पनि।

जे जस्तो रुपमा "आभा" प्रस्तुत भए पनि, आ-आफ्ना समय यसमा खर्चीने सबै साथीहरु प्रति आभारी छु। प्रोत्साहन र सुझाबहरुको लागि हार्दीक धन्यबाद।

- दीप
Read Full Discussion Thread for this article