Posted by: Geology Tiger April 6, 2012
कुमार छु ३३ वर्ष सम्म .....
Login in to Rate this Post:     1       ?         Liked by
मलाई यो धागो सुरुमा पढ्दा लागेको थियो यो मान्छेलाई साँच्चैकै केही सल्लाहको खाँचो छ, आफुले देखेको, भोगेको र जानेको कुराबाट केही कुरा लेखिदिउ न त, साथीलाई काम लागि हाल्छ कि ? 
 
तर मित्र यदी तिमीलाई यस्तै जड हुनु थियो त किन साझामा आएर सल्लाह र सुझाव माग्ने ढोङ गर्यौ ? कि कतै तिमी कुनै सर्भे कम्पनीको प्रतिनिधि पो हौ कि ? मलाई लाग्छ तिमीले हामीसँग सुझाव मागिरहेका छैनौ, उल्टो आफू विचारको द्वन्दमा फसेको ढोङ गरी हामीमाथी पनि तिम्रो जड चिन्तन्त लाद्न खोजिरहेका छौ । तिमी जड छौ, यसैले तिमी विचारशून्य छौ । अनि तिमी वैचारिक द्वन्दमा फसेको कुरा त म मान्दै मान्दिन । तिम्रो मस्तिस्क ढुङ्गाले बनेको छ, जसमा स्पष्ट लेखिएको छ 'विवाह नगरुन्जेल कुमार नै बस्नुपर्छ र विवाहपूर्व यौन सम्बन्ध कायम गरिएकी कुनै केटीलाई विवाह गर्नु हुँदैन ।'     
 
संसारमा कुनै पनि कुरा स्थायी हुँदैन, हरेक सामाजिक मान्यता र मूल्यहरुको स्वरुपमा समय बित्दै जाँदा अनेकौ परिवर्तन आउँछ । तर तिमीले यो वास्तविकतालाई कहिले बुझ्न सक्नेछैनौ किनकि तिमी जडकुमार हौ । यदि कतै भगवान छन् भने उनीसँग मेरो एउटामात्र प्रार्थना छ भविष्यमा यदि कुनै केटीको झुक्किएर तिमीसँग विवाह भएछ भने त्यो केटीको तिमीबाट रक्षा गर्नुस् प्रभु !              
Read Full Discussion Thread for this article