Posted by: 33_kumar April 6, 2012
कुमार छु ३३ वर्ष सम्म .....
Login in to Rate this Post:     0       ?        
अर्ति दिने मित्र हरु ! धन्यबाद !! भन्न लाई सजिलो हुन्छ परे पछि थाहा हुन्छ ....अचानो को पिर खुकुरी लाई थाहा हुन्छ ..म पनि येही यूग कै मानिस हु जहाँ तपाइँ हरु हुनु हुन्छ ! मैले प्रसङ्ग उठाउन खोजेको तपाई हरुका फोहोरी शब्द प्रति हो ! मित्र हरु , जसले सरल , नम्र भाषा मा आफ्नो विचार , सल्लाह दिनु भयो , उहा हरु प्रति म आभारी छु । मेरो पुरानो प्रसङ्ग मा केहि थप्न चाहन्छु ! ...मेरो एक जना केटि संग मित्रता बढ्यो । म उनीलाई मन पराउन थाले । उनले पनि मलाई मन पराइन्, कुरा कै सिलसिलामा उनको पहिले नै अर्को केटा संग सम्पर्क भैसकेको रहेछ ..... उनी ले जो संग सम्पर्क गरेको हो त्यो केटाको परिचय नै मलाई दिईन् । भलै .....म चित्त बुझाउला ए.... मेरो  श्रीमतीको पहिले सम्पर्क भएको केटा "" मैले यो भन्दा माथि उठेर सोचे  ....." जुन केटी जसले आफ्नो तेती गोप्य कुरा त भन्छ भने त्यो केटी संग भबिस्यमा घरयेसी कुरामा विश्वास गर्न सक्किन्न ,.... मैले भन्न खोजेको यौन को बारेमा हैन , लोग्ने स्वास्नी बीचको कुरा ...घर का अरु अरु गोपनियेता पनि बाहिर जाला भन्ने हो ! .... मैले सोध्दैमा उनले भन्नु हुदैन थियो । बुद्धिमता आइमाईमा कुन कुरा कति गोप्य राख्ने भन्ने पनि हुन्छ ! मैले येही कारण ले उनीलाई छाड्दैछु ! कुमरित्तो को कारण ले कदापी होइन ! कति साथीहरु लाई लाग्दो हो उनी ले मलाई विश्वास गरेर तेती सम्म गोप्य कुरा भनेकी हो तर तेस्ता कुरा गोप्य राख्नु नै राम्रो हुन्छ । जसले तेस्ता कुरा आफ्नो नयाँ केटा अथवा हुनेवाला पति संग गर्छ तेस्ता लाई घरायसी अनि जीवन बिताउने कुरामा भरोशा र विश्वास गर्न सक्किन्न ! मेरो मान्यता येही हो ! र म येस्मा  अडिक छु !

उही ३३ कुमार

Read Full Discussion Thread for this article