Posted by: Phatte March 6, 2012
आभा
Login in to Rate this Post:     0       ?        
ओ हो, दीप प्रभुको पशुपतीनाथको दर्शन बर्णन पढ्दा, पशुपतीनाथलाइ त्यही गएर आफैले दर्शन गर्न गाको जस्तो भो | धेरै कुराहरु सम्झनाका पानाहरुबाट आएर आखा अगाडी नाच्न थाले: कहिले बाउ आमा संग पछि लागेर पशुपती गइयो, कहिले जाँच पछि प्राथना गर्न गइयो, कहिले कोइ कोइ गाको सुइंको पाइएर देख्न पाइन्छ कि भनेर गइयो, कहिले गजेडी साथीहरुपछि लागी बाबाजीहरु भेट्न गइयो भने एकचोटी कहिले न बिर्सने गरी हजुर आमालाई सधाको लागी बिदा गर्न गइयो | खैर, दिप प्रभुको आभा एकै सासमा पढियो | कुरो पनी काहाबाट आको भन्या, "............आभालाई देख्ने बित्तिकै मेरो मनमा त्यही कुरा आयो। सौम्य, मोहक, दिप्त, चंचल, दिब्य, मादक, अनि बिहगंम् घोडाहरुको लगाम हातमा लिएर त्यो सुन्दरताको अबिस्मरणीय ईन्द्रेणी रथमा उस्लाई मैले बिराजमान देखें। मेरो अकिन्चन मन अधिर भयो। बिचलित हुन पुग्यो साथै पुलकित पनि। ..."

अझै यस्तै चर्को भाग चाडै आउने आशमा...........

फत्ते
Read Full Discussion Thread for this article