Posted by: dipika02 February 28, 2012
मिती र तिथी
Login in to Rate this Post:     0       ?        
@ mulmiz
 
त्यो स्कुटर ले त न मैतिदेवी को उकालो चड्न सक्यो न त सोह्र खुट्टेकै। नामै मैले त बाख्रा राखिदेको थिएँ। उक्लिने र ओर्लिने ले गर्दा बरु हिंडेको भए नि तेती थाकिन्नथ्यो होला तर तेस्ले थकित नै बनाउथ्यो। तेस्ले उक्लन सक्ने उकालो चडेको भए त मुल्मी अब मैले साहित्यको बार्हखरी नै सिक्नु पर्छ पहिले त, वाक्य लेख्ने त अर्को जुनिमा नि सकिन्थ्यो कि सकिन्नथ्यो कुन्नी? :) पढेर आफ्नो प्रतिकृया दिनु भयो खुशी लाग्यो।
 
 
@ serial
 
बौचा, सबै समय र परिस्थितीले गर्दा हो। म चौतारीमा आइराखेको भए अबस्य भन्थे तर समय नै तेस्तैथ्यो। मलाई बेला बेलै सम्झिने साथीहरुलाई मैले भनिसकेको छु। तिमीले सम्झेनौ नि त साथी :(
 
 
@ rahulvai
 
ठुल्दाई हजुरको प्रेरणा पाएको मैले यो साझामा आएको पहिलो दिन देखी नै हो। आज जे जती लेख्न सके हजुरको प्रेरणाकै नतिजा हो। यो म निर्धक्क सँग भन्न सक्छु। बामे सर्दै गरेको मान्छेलाई ताते ताते गर्दै यती सम्म हिंड्न सिकाउनु भएको मा धन्यवाद ठुल्दाई।

 
@ kancha01
 
धन्यवाद कान्छा। टोपी नै झुकाएर बयान गर्देको भन्या? साथी हुनु त कान्छा जस्तो :) तर के गर्ने विकडेज मा तास खेल्न बोलाएर विकेन्डमा बेपत्ता हुन्छ र पो त  ;-)
 
 
@ Nepal ko chora
 
नेप्चु, मैले धेरै शब्दहरु तिमी सँग पनि सिकेको छु। साहित्य मा तिम्रो ज्ञान कती छ मैले राम्रो सँग बुझेको छु। सधैं लेख्न प्रोत्साहन गर्ने तिमी पनि एक जना हौ। धन्यवाद साथी।
 

@ Geology Tiger
 
आफु जस्को प्रसंशक छु उहाले नै आफ्नो लेखाइ को प्रसंशा गर्दा खुशी झन दुई को गुना ले नै बढ्ने रहेछ। यो कथामा सुरु देखी मलाई प्रोत्साहन गर्नु भएकोमा धन्यवाद जिते दाई।
 
 
@nakkali keti
 
प्रतिकृया को लागि धन्यवाद। आमाको हात को खाना सँगै दाँजेकोमा खुशी लाग्यो। म त है, एक गाँस मुख मा हाल्दा ४ भाग नै पढ्या भन्या हो कि भनेर कल्पना पनि गर्न थालिसकेको थिएँ :)

आफ्नो जीवनको केही पल मेरो लेखाइमा खर्चिनु भएको सबै पाठकहरुलाई धन्यवाद। अब चै यो धागो बाट बिदा लिन्छु।

दिपिका
 
Read Full Discussion Thread for this article