Posted by: dipika02 February 24, 2012
मिती र तिथी
Login in to Rate this Post:     5       ?         Liked by
अन्तिम भाग
सम्झन त सम्झेँ तर बुढीलाई पो के भन्ने? उु त्याँ चस्मा नाक को डाँडी बाटै तल झरिसक्दा नि मत्लब नगरेर आफु झुक्केको हो कि भनेर एकचित्तले मेरो फाइल खोजिराथी।
 
"Oh god! Is it already Oct 5th today? I completely forgot about it"---- अब चै बुढीले मार्ने भई भनेर आफ्नो गल्ती सुधारन लागेँ।
 
"Yes, you did"---- ठस्स पर्दै त्यो बलून र चक्लेट फेरि मै तिर धकाल्दै धोत्रे स्वरमा भनी। पहिला कती उत्साहले राखिदेकी थीइ होली बिचरीले मेरो टेबलमा। तैले यो किन राख्द्या मेरो टेबल मा भनेर उल्टो सोध्न गएपछी नरिसावस पनि कसरी? अब केही बोले भने चै बुढीले उचालेर पछार्न बेर लाँउदिन भनेर ङिच्च दात देखाउदै "Thank you so much" भनेर सुरुक्क निस्किएँ।

आफ्नो टेबल मा तेत्रो फुकेको बलून राखेपछी "Oh! today is your birthday?" भन्दै जन्मदिनको शुभकामना दिनेहरु पनि कम भएनन्। तिनिहरुलाई "ए होइन होइन, मेरो जन्मदिन त तीन महिनामा आउँदैछ। यो त नकुल सर ले फर्म भर्दा राखिदेको" भन्न भएन। शुभकामना लिदैँ बसे।
 
पछी advisor को मद्धतले robot फेरी मच्चिन थाल्यो। सेमेस्टर सँगै पढाई सकियो। कलेक्सन को काम छोडेर आफ्नै बिषय सम्बन्धी काम गर्न थालियो। तर यो जन्मदिनको सेरोफेरो भने उस्तै नै रह्यो। सक्कली जन्मदिन केबल साथी भाईका लागि भए। अझ तिथीले त बुवा सँगै आफ्नो अस्तित्व नै लगेको जस्तो लाग्थ्यो। आफ्नो परिवारलाई बाहेक अरुलाई त याद नि हुँदैनथ्यो।
 
काममा आफ्नो जन्मदिन सधैं Oct 5th मा आउन थाल्यो। सुरु सुरुमा त HR ले एउटा केक ल्याएर दिन्थी। पछी हाकिम र टिम मिलेर लन्चमा लान थाले। हाकिम ले चै बिहानको ब्रेक्फास्ट पनि ख्वाउन थालेकोथ्यो। हुन त नख्वाओस पनि कसरी? काम लगाउन लाई शनिबार र आईतवार धरी छोड्दैन। उ आफु नि काम गर्न राक्षस नै जस्तो थ्यो र अझै छ। बिहान सातै बजे आइसकेको हुन्छ अफिस। बेलुका छ बजे सम्म नि उस्को घर जाने सुर सार हुन्न। अरु ले पनि तेस्तै गह्रोस भन्ने सोच्छ। उस्को पो श्रीमतीले बाल बच्चा पनि लिएर उस्लाई छोडेर गैहाली। अर्को एउटा केटी सँग कुरा छिन्ने प्रकृया चै सकेर सँगै बस्थ्यो। त्यो केटीलाई मन पर्ने भएर सुगा, कुकुर, बिरालो सबै पालेर घरै चिडियाखान जस्तो बनाएर बसेकोथ्यो। त्यो केटीले नि दुई बर्ष जती त झेलिछे। पछी उु घरमा नभएको बेलामा उस्का सबै समान उठाएर हिन्दिछे। सुगा एउटा छोडिछे बाँकी चै उस्का लुगा धरी लगि भनेर सुनाउन आइपुगेकोथ्यो हामीलाई। अब त्यो सुन्य घर मा उु आउछ भनेर कुर्ने कोही छैन अनी जती खेर गएनी भयो। सबैको त्यस्तो कहाँ हुन्छ र?
 
 
यही जन्मदिन सँगै मान्छेका जीवनचक्र पनि घुम्ने रहेछ। जती जन्मदिन आयो उती उमेरको खुड्किलो चड्नु को साथै कर्तब्य को बोझ पनि काँधमा थपिने रहेछ। पढाई सकियो, काम सुरु भयो, घरमा बिहेको कुरा हुनथाल्यो। बाबा आमा को घर छोडेपछी एक स्वतन्र जीवन बाँचिराखेको मान्छेलाई अर्को बन्धनमा बाँधिन एक किसिम को छुट्टै डर हुने रहेछ। बिहे नै भनेपछी त बाँकी जिन्दगी उही सँग बिताउन सक्छु भन्ने विश्वाश आफुलाई पूर्ण रूपमा हुन पर्‍यो। मन मिल्न पर्‍यो। मान्छे चिन्न पर्‍यो। बिहे गरी सकेपछी चिन्छु भन्न लाग्दा मान्छे चिन्न ढिलो होला भन्ने डर। बिहेको प्रस्ताब हरुमा मैले अनिल लाई छाने। उहाँको बानिहरु सँग परीचित हुन र आफ्नो बानिहरु सँग उहाँलाई परिचय गराउन लग्भग १ बर्ष लाग्यो। एक अर्का सँग जीवन बिताउन सक्छौ भन्ने पुरा विश्वाश भएपछी बिहे भयो।
 
"बिहे भन्दैमा सिङ पुच्छर पलाउने कहाँ हो र?" भनेर आमाले भन्नु भएकोथ्यो, जीवन प्रकृया उस्तै रह्यो। उल्टो आफ्नो काँधको अधा बोझ अनिल मा राखिदिएँ। हाँसी हाँसी स्विकार्नु भयो। जीवन को रथ हुन पनि दुई पाङ्रा को सन्तुल भएमा मात्रै सहज सँग गूड्ने रहेछ। कहिले काही काम को भार सँगै दिनभरीको थकानले गह्रौ भएको टाउको र थकित आँखाहरु लिएर घर भित्र छिर्दा अनिल को हसिलो अनुहार ढोका मै पाउथेँ। उहाँले एकचोटि आफ्नो अङालोमा बाँधेर मायालु स्वरमा "थाक्यौ नानु?" भनेर सोध्दा त्यो सारा थकान एक पल मै तितर बितर हुन्थे। स्वर्ग पनि धर्तिमै छ कि झैँ लाग्थ्यो। दुबै जना को बिषय र काम को क्षेत्र एकै हुँदा सहयोग पाउनु का साथ साथै उहाँको भाले अस्तित्व लाई ठोस् नपरोस भन्ने कुरा पनि मैले सोच्न पर्थ्यो। कहिले काही जुझ्न नसकिने परिस्थिती आइपर्दा सम्झौता हामी दुबइले गर्नै पर्थ्यो। समग्रहमा भन्नु पर्दा हाँसो र खुशी को परीधिमा जीवन अल्झिन थाल्यो।
 
जीवनको पानामा नयाँ अध्याय सुरु भयो। मेरो गर्भमा हाम्रो सन्तान ले बास लिएको करिब नबौं हप्ता भैसकेको रहेछ। खुशी को सिमाना रहेन। मैले नै थाहा नपाई मेरो शरीर भित्र अर्को सानो भ्रुण को मुटु धड्किदै रहेछ। अचम्म लाग्यो। एक प्राण भित्र जिवित अर्को त्यो सानो प्राण प्रति को माया उम्लिएर आयो। पहिलो चोटि उस्को ढुक्ढुकी सुन्दा अनिल ले आफ्नो भावनाहरुलाई काबुमा राख्न सक्नु भएन। गह भरी आशु पार्नु भयो। उहाँलाई भेटेदेखी पहिलो चोटि उहाको गह मा मैले देखेको त्यो आशु मलाई झन प्यारो लाग्यो। उहाँलाई हेरिराखेँ। बात्सल्य प्रेम जताततै बाट छचल्किराथ्यो।
 
परिवारको नयाँ सदस्य को आगमन कहिले हुन्छ थाहा पाउन हामीलाई आतुर भईराखेकोथ्यो।
 
डाक्टर ले चार्ट हेरी र भनी," Your baby is due on Jan 31st". मलाई आफ्नो कान को नै विश्वाश लागेन एक्छिन त।
 
"OMG, I was born on the same day"------ मुख सम्म आइसकेकोथ्यो धन्न सम्झिहाले डाक्टर को अगाडि मेरो नक्कली जन्ममिती पेस गरिएको छ भनेर।
 
सुन्न त अरुको पनि सुनेको थिएँ आमा र सन्तान को जन्मदिन एउटै गते परेको तर आफ्नै पर्दा विश्वाश गर्नै गाह्रो भयो। आफ्नो जन्मदिन सम्झिए। बाबा आमालाई सम्झिएँ। तिथी पनि एउटै परेछ कि जान्न कौतुहलता मनमा जाग्यो। बुवालाई सम्झिएँ। उहाको सम्झना मानसपटल मा झन झन बढ्न थाल्यो।
 
"नानु, के भयो?"---- अनिल ले बिस्तार आफ्नो छातीमा मलाई टास्दै सोध्नु भयो।
 
आशुको नुनिलो स्वाद जिब्रो ले बल्ल अनुभव गर्‍यो। हर्षको आशु थ्यो त्यो, मिठो लाग्यो।
 
 
समाप्त
 
Last edited: 24-Feb-12 03:24 PM
Read Full Discussion Thread for this article