Posted by: shrek431 February 16, 2012
Short story < 50 words
Login in to Rate this Post:     0       ?        
 This is my first try ever....bhul bhaye maaf :)
बाहिर पानी पारीरहेछ । बर्षातमा मलाई झ्यालबाट बाहिर टोलाउन मन पर्छ । यस्तो लाग्छ यो बर्षातले कती कथाहरु बोकेको छ । कतै हाँसो बनेर दर्किन्छ, कतै आसुँ बनेर पोखिन्छ । 
"यो पानीमा सेतो रङ्को कपडामा भिजेको युवती मलाई सार्है मादक लाग्छ ।" ढोकाबाट बाहिर परीरहेको पानी हेर्दै मलाई उनलाई भनेको थिएँ । "तर मसँग त सेतो रङ को कपडा नै छैन " उनले पनि जिस्किदै भनेकी थिईन । 
आज यो झ्यालबाट एक्लै टोलाईरहँदा यो बर्षाले मेरै कथा बोकेर बर्सी रहेझै लागिरहेछ । 

अहो !! यो झरीमा मेरा सपनाहरु लछप्पै भिजेछन ।
Read Full Discussion Thread for this article