Posted by: Geology Tiger February 5, 2012
ब्राह्मणवाद, अन्य समूह र जातीय प्रदेश
Login in to Rate this Post:     0       ?        
मैले यो भन्दा अघि पनि धेरै पटक यस्ता जातीयता सम्बन्धि लेखमा आफ्नो विचार राखिसकेको छु .... ब्राह्मणवादका व्याख्याता डा. कृष्ण भट्टचनसंग मेरो प्रस्न थियो कुनै पनि जातिका केही मान्छेले नराम्रो काम गरे भन्दैमा सम्पूर्ण जातिलाई मुछेर त्यो जातिलाई कुनै वादको पहिरन भिराइदिनु त्यो जातका अरु राम्रा मान्छेहरुको लागि विभेदकारी भयो कि भएन? डा. साहेब संग यो कुरा कहिले पुग्छ कि पुग्दैन थाहा छैन तर माथिको लेखमा जसरी ब्राह्मणको राम्रै राम्रो कुराको बखान गरिएको छ त्यो पनि वास्तविकता भन्दा कता कता पर भए जस्तो लाग्यो .....नराम्रा काम हरेक जातिका मान्छे बाट भएका होलान् कुनै जातिका मान्छेले धेरै दुख पाए होलान् कुनैले थोरै ..... त्यसैले हामीले मेरो जातिको सबै राम्रो भनेर अरुलाई गाली गर्नु भन्दा पनि गल्ति सबैबाट भएको थियो अब चाहि एक अर्कामा मिलेर बस्नु नै एक मात्र उपाय हो जस्तो लाग्छ ..
Last edited: 05-Feb-12 03:08 PM
Read Full Discussion Thread for this article