Posted by: Deep November 18, 2011
Login in to Rate this Post:
0
?
स्वस्ती गरें, प्रभो। किस्न प्रभोले अर्जुनलाई हाम्ले पुनर्जन्म लेका लेकै हुन्छम, अन्तर तिमीलाई ती जन्महरुको याद छैन, मलाई छ भन्या थे अरे भन्ने ब्यापक हल्ला गर्थे महाभारत पढेका पन्नीत अनि बुझक्कडहरु। अचेल कली भृकुटीमण्डप तिर रमाईलो मेलामा चम्किने बत्ती जसरी झ्याप झ्याप भैरा बेला भएर हुँदो हो। कुरो उल्टो पर्या छ। प्रभोको पूर्ब जन्मको ज्ञान आफुलाई छ, आफ्नो बारे ज्ञान त सधैं अरुलाई नै धेरै हुने गरेको हो। त्यसैले हुँदो हो आफुलाई जति सज्जन भने पनि अरुहरुले ल ल भो--हाम्ले चिन्या छैन र भन्ने गरेका। जे होस, प्रभोलाई प्रभोको पूर्ब जन्म देखि स्वस्ती गरी ल्याकै हो, त्यो क्रम अहिले नी छोडीदैन।
लेखकको बिचार सँग सहमत हुने नहुने एउटा कुरा हो तर प्रस्तुतीको कायल हुनु अर्कै। प्रभोको सोचाई अनि ती सोचाई शब्द बनेर बर्षिदा खडेरीको बेला परेको पानी सम्झिन्छु म। बेंसीको उकलो, थाकेको बेला, गर्मीको मौसम--प्रभोको प्रस्तुती अनि सरर चलेको बतास झैं।
प्रभोको लेखाईको प्रसंसामा ओर्लिन जमजमाईरहेका शब्दहरुको घुईंचोले अहिले मलाई दशैमा नवमीको बिहान--त्यो पनि तलेजु सम्झाउँदै छन।
यस्तै मिठा मिठा प्रस्तुतीहरु पढ्दै रहन पाईयोस।