Posted by: hawaflash September 28, 2011
----For Creative Writers----
Login in to Rate this Post:     1       ?         Liked by
समय: बिहनको करिब १०
स्थन्: Florida
 
सानो कोथा, येउता bed कोथाको एक भित्ताको आद् लियेर लग्भग बिचमा रखियेको छ। Bedको दहिने पत्ति येउत reading table, table म येउता printer र केहि किताबहरु छन्। Bedको देब्रे पत्ति closet। Closetको येउता धोका खुल्लै छ र त्यहा धुना रखियेको कपडाहरु लथालिङ्ग भुइमै फ्याकियेको छ। पर्दा र ढोका दामदुम्म लगेको छ। पर्द र ढोका लागेको ले कोथाको बताबरण नेपालको गर्मी यामको बिहानको ५ बजेको झै मिर्मिरे उझ्यालो मात्र छ।  ढोकाकै चेउमा computer table. Computer ON नै छ र कुनै नेपली FM को station tune गरियेको छ र  थोत्रो speaker को साहयेता ले अफ्नै तालम मधुरो बजि रहेकोछ। 
 
Hawaflash अझ पनि bed मा नै पल्टिरहेकोछ। Ceiling को Central AC को vent तिर हेर्दै केहि सोचि रहेको जस्तो देखिन्छ। हुनत कहिले चहि नसोचेको जस्तो देखिन्थ्यो र??? उस्का केहि साथि हरु भन्ने गर्थे, 
“यो मुजि त जन्मिदा पनि चोर अौन्ला ले कन्चेधमा थप्थपौदै सोच्दै जन्म्या जस्तो छ”
 
FMमा नेपली गीत बज्छ…
गीत को बिच को केहि हरफहरुमा गायिकाले High Pitch Vocal मा
 
"हामी गीत  मा कोरौला, धूनमा बधौला, सुर हरौन अगि..." भन्दै गौछ।
 
Hawaflash आफैमा, तिमी भन्छौ हामि गीत मा कोरौला, धूनमा बधौला, सुर हरौन अघि, तर
 
 
गाना के गाउछौ बाबै???
गाना के गाउछौ बाबै 
यहा सुर अफै अल्मलियेको छ
धून आफैमा बिचलित छ।
 
म गीत कसरी कोरु भन???
म गीत कसरी कोरु भन
यहा कागज आफै च्यातियेको छ
कलम आफै भाचियेको छ।
 
त्यो साथ थाम्न नसकेको हातले 
निर्जिब कलम् लै थम्न सक्ला र?
के कलम सर्न जाला र?
 
यो हात र म माथी धेरै प्रस्न चिन्हहरु छन्
प्रस्न लाई उल्तो प्रस्न गर्दै छु; म उत्तर काहा बाट दिउ?
म लाचर छु, 
म कम्जोर छु,
जिन्दगीको चौबाटोमा आफै अल्मलियेको छु
 
म अफै जवाफ खोज्दै छु 
तिमीलै हल कसरि दिउ?
म जिवनमा अझ लय खोज्दै छु 
तिमीलै पुरा रचना कसरी दिउ?
 
जब रचना नै छैन त त्यो गाना काहा बाट गाउछौ बाबै?
त्यो गाना काहा बाट गाउछौ!!!
 
Mobile म समय हेर्छ। 
“ओहोSSS, १०:३६ भैसकेछ। अब पनि उथियन भने चाहि धिला हुन्छ…” सोच्दै जुरुक्क उथ्छ, ओछ्यन मिलौछ र toilet भित्र पस्छ।  
 
 
 
Read Full Discussion Thread for this article