Posted by: Geology Tiger September 21, 2011
आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन
Login in to Rate this Post:     5       ?         Liked by
हो हो यस्ता राता र ताता रगत हुनेहरुले मात्र देशको लागि केही गर्छन्, अरुहरु त सब पानीमरुवा देशद्रोही, देशको माया नभएका स्यालहरु हुन्

हो यिनै राता र ताता रगत भएकाहरुले गर्दा १५ हजार नेपालीको ज्यान लिने माओवादीहरु जंगलमा बस्न डराएर शहरतिर पसे, किनकी यिनिहरुले नेपालको जङल जङलमा गएर माओवादीलाई खेदे, अब यसै गरी यिनीहरुले बाबुरामलाई अमेरिकाबाट खेद्नेछन्, थाहा छैन यिनीहरुले बाबुरामलाई खेदेर मंगल ग्रहमा पठाउछन् कि ?

ए बुद्दी नभएका बज्रस्वाँठ हो देशको चिन्ता तिमीहरुलाई जति छ हाम्रो चिन्ता त्यो भन्दा अलिकति पनि कम छैन । १५ हजार नेपालीको ज्यान लिने माओवादीको जति विरोध तिमीहरु गर्छौ त्यतिनै हामी गर्छौ । माओवादी युद्दकालमा भएको एक एक युद्दअपराधको खोजीनिती हुनुपर्छ र हरेक अपराधीलाई दण्ड सजायँ हुनुपर्छ भन्ने मान्यता जति तिमीहरुको छ त्यति हाम्रो पनि छ । तर हे बज्रस्वाठँहरु हो तिमीहरुले बाबुरामलाई कालो देखाउँदैमा के सबै कुराको समाधान हुन्छ? त्यसमा पनि अहिले बाबुराम भनेको माओवादीको नेता मात्र होइन हाम्रो देशको प्रधानमन्त्री पनि हो । घर भित्र झगडा हुनु सामान्य हो तर के तिमीहरु आफ्नो बाबुसँग कुरा मिलेन भन्दैमा छिमेकमा गएकोबेला बाबुबिरुद्द नारा जुलुस गर्छौ? अनि साँढे तीन करोड नेपाली मध्ये सबभन्दा धेरै नेपालीको भोट पाएर माओवादी पार्टी संविधानसभाको सबभन्दा ठुलो पार्टी बन्दा तिमीहरुले किन रोक्न सकेनौ? ती नेपालीहरुको आँखामा लागेको कालो पट्टी चाँही किन खोल्न सकेनौ ? किन ती सोझा साझा नेपालीको भुटिएको दिमागलाई आफ्नो देशप्रेमको घट्टमा पिस्न सकेनौ? के तिमीहरु त्यो बेला जर्ज बुशलाई कालो देखाएर बसिरहेका थियौ?

हे घनघोर राष्ट्रवादीहरु हो तिमीहरु दौरा सुरुवाललाई जति माया गर्छौ त्यति म पनि गर्छु, तिमीहरुले यहाँ साझामा लेख्यौ, तर बाबुरामले दौरा सुरुवाललाई नेपालको राष्ट्रिय पोशाकमा जुन दिन हटाए त्यसको भोलीपल्ट नेपालीको डिस्को पार्टीमा दौरा सुरुवाल लागाएर जानेमा म पनि हुँ । लुटाहा, फटाहा, गुण्डा, आतंककारीले सजाँय पाउनुपर्छ भन्ने कुरामा हाम्रो ईत्ती पनि नामन्जुरी छैन । तर तिमीहरुले भने जस्तो कालो देखाएर केही हुन्छ भन्ने कुरामा ईत्ती पनि विश्वास छैन । बाबुरामलाई केही हुँदैन उल्टै तिमीहरु काला हुन्छौ । यदि तिमीहरुको रगत त्यति नै रातो र तातो छ, जाओ नेपाल गएर एक एक नेपालीलाई सत्मार्ग देखाउ । घुसखोरीलाई घुस खान हुन्न भनेर सिकाओ, गुदपाँकमा गु मिसाएर बेच्नेलाई त्यसो गर्न नदेओ, पानीमा ढल मिसाउनेलाई ढल मिसाउन नदेउ, नेपालमा भारत पसाउन खोज्नेलाई लात हानेर निकाल, माओवादी जस्तो आतंककारी र हत्यारा पार्टीलाई समर्थन गर्न हुन्न भनेर सिकाओ, यहाँ कालो देखाएर आफ्नो मनलाई कालो नपार; रातो रगतलाई कालो नपार ।

अस्तु  
Last edited: 21-Sep-11 10:29 PM
Read Full Discussion Thread for this article