Posted by: Geology Tiger September 9, 2011
India's Nepal Oven ? WTF
Login in to Rate this Post:     0       ?        
लु धेरै गाउलेहरुले धेरै कुरा लेखिसकेछन् यो रेस्टुराको बारेमा ...... सबैले लेखेको पढ्न पनि भ्याएको छैन । तर साझामा यो धागो धेरै अघि देखि देखिरहेको थिए । तर आफु बसेको ठाउबाट त्यो रेस्टुराँ कम्तिमा पनि ४० मिनेट गाडी चलाएर जानु पर्ने । तर अस्ति मौकाबस एउटा नेपालीको पार्टी त्यही रेस्टुराँमा परेर त्यहा जाने मौका पर्‍यो । भएन रेस्टुराँको साहु जि लाई यो नाम किन राखेको सोध्नुपर्‍यो भनेको, असाध्यै भिडभाड; आफुलाई पनि अन्त जान हतार त्यही भएर अलि अलि कच्याक कुचुक चपाएर हिंड्न भनेर लागेको थिए । ढोका अगाडि पुग्दा अर्को नेपाली जोडी देखा पर्‍यो । बुढा चाहिले नाकै समाएर ओहो कस्तो गनाएको भन्दै थिए । मलाई रेस्टुराँ मालिक ठानेर अलि सामान्य बन्दै उनले सोधे " यो रेस्टुराँ तपाईंको हो" । मैले हाँस्दै "होइन" भने र आफ्नो बाटो लागे । रेस्टुराँ वरिपरी नै काँही के नाम काँही के नाम देखिन्थ्यो । एउटा कुरा प्रष्ट के छ भने रेस्टुराँ मालिक कसरी बढी भन्दा बढी ग्राहक आकर्षण गर्ने भन्ने तयारीमा छन्, शायद उनको आशा होला त्यो नाम राख्यो भने भारतीयहरु पनि आउछन् कि भन्ने । तर नाममा भन्दा काममा ध्यान दिनु पर्ने कुरा शायद उनलाई ज्ञात भएन नत्र ढोकामा पुग्ने बित्तिकै कस्तो गनाउने भन्ने स्थिती आयो भने त नामले मात्र कसरी रेस्टुराँ चल्नु? तर जे होस् उनले त्यो नाम चाँही उट्पट्याङ नाम नै राखेका हुन् । त्यस्तो वाहियात नाम पढ्ने विदेशीहरुलाई नेपाल भनेको भारतकै एउटा प्रदेश रहेछ भन्ने मनमा सजिलै पर्नसक्छ । त्यसकारण हामी मध्य जो जो त्यो रेस्टुराँमा पुग्नसक्छ त्यसले त्यो रेस्टुराँको मालिकलाई सम्झाउनु नै राम्रो होला । अर्को कुरा चाँही यहाँ डेन्भरमा भएका नेपाली छोटे बाबुहरुले कामदारहरुलाई सकेसम्म दलाउने कुरा त यहाँ मात्र नभएर पुरै अमेरिका भरि नै होला । अनि एउटा रेस्टुराँवालाको आँखाबाट हेर्दा चाँही अधिकांश नेपाली ग्राहकको मिजास एकदम नराम्रो छ । एउटा टेबुलमा बसेर दस तिर चाहर्न खोज्छ, अनि सबै कुरा सित्तै चाहन्छ । पोहोर साल बोस्टोन एउटा नेपाली रेस्टुराँवालाले दुखेसो सुनाए एउटा नेपाली ग्राहकले राम्ररी हेरेर खुशी भए झै गरी दिएको टिप घरमा गएपछि फोन गरेर फिर्ता माग्यो रे !  
Read Full Discussion Thread for this article