Posted by: gyanguru August 15, 2011
मोही मकै खानेछु र स्कुल पढाउनेछु
Login in to Rate this Post:     0       ?        

मोही मकै खानेछु र स्कुल पढाउनेछु

तिमी विकसित अमेरीकाको वासिङटन हेरौंली । 
मोर्डन बनौली एक वित्ताको स्कर्ट बेरौली
फरक यत्ती हुँने छ
तिमी हील जुत्तामा एसी वाला एयरपोर्ट झरौली 
म सिरसिर बताससँगै हात्ती छापमा बेसी झरौला ।
 
तिमी उच्च स्तरको पँचतारे होटलमा बीयर पीएउली 
साँकिरा र माइकल ज्याक्सनकोगानामा मस्त बनौली
फरक यत्ती हुँने छ
तिमी तातो पिज्जा खाने छौ र होटलमा भाँडा माझ्नेछौ
म मारुनी गाउने छु मोही मकै खानेछु र स्कुल पढाउनेछु ॥
 
तिमी कैयौ साथीहरुसँग फेसबुकमा कुरा गरौली
इमेल र च्याटमा रमौली धनी भाको महसुस गरौली
फरक यत्ती हुँने छ
तिमी नेपाल सम्झीसम्झी रुदैरुदै हीरा र मोती लगाउली
म गाउँले गरीब र सहयोगी बन्ने छु टोपी र धोती लाउनेछु ।।। 
 
- उद्धब कुमाल 
(as published in hamrogorkha.com)

Read Full Discussion Thread for this article