Posted by: madhisekochatpate May 20, 2011
हाम्रो मधेसी राष्ट्रपतीले नेपाली फिलम हेर्नु भाईहालेछ।
Login in to Rate this Post:     0       ?        

२० बर्षपछि राष्ट्रपतिले हेरे नेपाली फिल्म

राष्ट्रपति डा. रामबरण यादवले २० बर्षपछि पहिलोपटक नेपाली चलचित्र हेरेका छन् । २० बर्षअघि चलचित्र ‘सन्तान’ हरेका यादवले यसैसाता आफ्नो परिवारसहित चलचित्र पल हेरेका छन् ।

पर्यटन ब्यबसायी कर्ण शाक्यले बनाएको चलचित्र उनले आफ्नै निवासमा परिवारसहित हरेका हुन् । चलचित्र हरेपछि डा. यादवले एक समिक्षासमेत निर्माणपक्षलाई पठाएका छन् । सधै सकरात्मक सोंच राख्ने पर्यटन ब्यबसायी कर्ण शाक्यले त्यस्तै सन्देश दिने खालेको चलचित्र बनाएको भन्दै डा. यादवले चलचित्र हेर्दा आफुलाई सन्तोष लागेको बताएका छन् ।

डा. यादवले निर्माण पक्षलाई पठाएको पत्र बुधबार बेलुकी गोपीकृष्ण हलमा आयोजित पि्रमियर कार्यक्रममा पढेर सुनाइएको थियो । चलचित्र पलका निर्देशक रमेश बुढाथोकीले राजनीतिक नेतृत्वले पनि नेपाली चलचित्र हेरेर हौसला दिंदा आफुलाई उत्साह बढेको बताए । छिटै प्रधानमन्त्रीलाई समेत यो चलचित्र देखाइने उनले बताए ।

पछिल्लो समयमा माओवादी नेतृत्वले नेपाली चलचित्रप्रति रुची देखाउँदै हलमै पुगेर हेर्न थालेका छन् । नाम चलेका लेखक र पर्यटन ब्यबसायीको फिल्म भएर होला मिडियाहरुले पनि यो चलचित्रको खुवै चर्चा गरिरहेका छन् । वातावरणमा असर नपरोस चलचित्रले पोष्टर नछाप्ने निर्णय गरेको छ भने चलचित्रको प्रचार प्रसारका लागि सानोतिनो किताव छपाएर बाँडिरहेका छन् ।
Read Full Discussion Thread for this article