Posted by: Rahuldai May 19, 2011
गीत-गजल
Login in to Rate this Post:     11       ?         Liked by

मुटुमा कोरिएको तसबीर मेटेर कहाँ मेटिन्छ र,

तिमीले कोरिदिएको तकदीर,मेटेर कहाँ मेटिन्छ र।
 

संगै हिंडेका गोरेटो, घोडेटो, चौबाटो उस्तै छन्

डोबहरु अझै आलै छन्, मेटेर कहाँ मेटिन्छ र ।
 

संगै देखेका सपनाहरु, भत्कंदै गरेका बिपनाहरु,

तार चुंडिएको सारङ्गी अब रेटेर  कहाँ रेटिन्छ र ।
 

पीडा लुकाइ हासेथ्यैं ,  केही नभए झै गरेथ्यौं,

दुखेको मन आँखामा,  रोकेर कहाँ रोकिन्छ र ।
 

Read Full Discussion Thread for this article