Posted by: Rahuldai February 23, 2011
जल्नेहरु यसरी जले.................
Login in to Rate this Post:     13       ?         Liked by



जल्नेहरु  यसरी जले,
 
आगो भै जले कोही धागो झै जले ।

 
यत्रतत्र जले, सर्बत्र जले 
 
अस्वीक्रित प्रेमको  प्रेम पत्र झै जले । 

 
काहानीमा जले, जवानीमा जले
 
रात रातको के कुरा बिहानी मै जले । 

 
जल्नेहरु  यसरी जले,
 
आगो भै जले कोही धागो झै जले ।
 

रिसले जले, इषले जले,

सबै नीलकण्ठ कहाँ हुन्छन्? बिषले जले ।
 

नाममा जले , काममै  जले,

जलेर खाग भएकाहरु घाम मै जले ।
 

 जल्नेहरु  यसरी जले,
 
आगो भै जले कोही धागो झै जले ।

 

 

 

Read Full Discussion Thread for this article