Posted by: Rahuldai January 17, 2011
त्यो अनुहार !!!!!!!
Login in to Rate this Post:     1       ?         Liked by

 

त्यो अनुहार................. .

अन्तिम भाग

तान्त्रिक गए पछी एकाएक सबको मुहार उजेलियो । मनोबैज्ञानिक असर होला । दु:खका दिन फेरिने भए, सुख के हो हेरिने भए ।
घटस्थापनाको दिन यसपाली खुशी सहित को जमरा राखी पूजा गर्नु भयो बिधिपूर्बक। म कान्ता डबडब बजाउदै रमाएं । बाबाले एक केजी मासु ल्याउनु भयो । पहाँचह्रे भ्वय पछी मासु खाएको याद थिएन मलाई । अब सधैं चिसो चुल्हो रहन्न हाम्रो भन्छामा । रहर लागेको बेला माछा मासु खाने दिन आउछ । मेरो अबोध मनमा त्यही गुन्जिरहेको थियो ।

नेपाली कागजमा रङ भर्ने काम जारी थियो । दिदी र आमा ढाका को खास्टो सिउनेकाम मा ब्यस्त । पिताजी पनि केही न केही चांदिका वर्तन बनाउन ब्यस्त, दाई पिताजीलाई सघाउन । लाग्यो जिन्दगीले अब कोल्टे फेर्न फेर्न लागि रहेछ । रेडियोमा मालश्रीको धून हाम्रै लागि बजाएको जस्तो, बजी रहन्थ्यो । दसैं आएको सुखद सन्देश दिदै।

पञ्चमीको दिन पचली भैरबको यात्रा। मध्यरातमा पचली भैरबको घ्याम्पो हेर्न गैयो, अलि अलि शरदिय चिसो रात छिचोल्दै । षष्टमी भयो । लाग्यो आज त त्यो तान्त्रिक पर्साद र जल लिएर आउछ । दिन भरी बाटो हेरें , आएन । सके षष्टमी न सके फूलपातिमा आउछु भन्थ्यो, भोली आउँला नि भन्दै त्यो रातको भात खाइयो ।

फूलपातीको नि साँझ ढल्यो, पंडित अर्जुन देब आएन । अब भने केही दिन देखि फुलेका खुशीका फूलहरु एकाएक झरे । आशाहरु भकाभक मरे । महाअष्टमी, कुछी:भ्वय मनाउनै पर्‍यो । जोरजाम मा बाबा र आमा लाग्नु भयो । सघाउने हामी भाराभुरी थियौ नै ।

"त्यो तान्त्रिक भनाउदा ठग जस्तो लाग्या थ्यो पहिला नै, तर हाम्रो घरको आगं थाहा पाएको ( सबै कुरा ) मान्छे अनी पूर्णमानको नाउं लिए पछी शंका गर्ने ठाउँ रहेन ।"

बबाले आफ्नो शंका पोखिहाल्नु भयो । " आउछ होला दसैं सके पछी " आमामा अझै आश जिवित रहेछ ।

पूर्णमान ले पठाको हो हैन कन्फर्म गर्नु पर्ने तर फोन छैन त्यसको घर मा । जे भए नि थप ३०० रुपैया ऋण ठगले थपेर गयो । बाबाको मनले अर्जुन देबलाई ठग नै मानु भैसकेको  रहेछ । हाम्रो बालक मस्तिष्कमा यस्ता ठग हो वा हैन छुट्याउने संयन्त्रको बिकास भैसकेको थिएन ।

दसैं सकियो अर्थात दसैं मनाइयो। हामी दाजुभाइ र दिदी बहिनीमा यति ज्ञान चाहीं थियो कि घरको ढुकुटी खाली छ र नयाँ लुगा लाउने सपना हाम्रो पहुंच बाहिरको कुरा हो । लट्टाइं धागो र चङ्गा को कुरा नि कहिलेइ गरेनौं। छाना माथि बसेर अरुले उडाको लडाको रङ्गी बिरङ्गी चङ्गा चेट हेर्दै रमायौं ।


दुई दिन दुई रातमा स्कूले ले दसैंको छुट्टी को लागि दिएको होमवर्क सक्याएं । स्कूल सुरु भयो । दसैं सकेको को एकहफ्ता बित्यो । अझै अर्जुन देब आएन ।

शनिबार ब्यान मैले आमालाई भनें " त्यो पंडित ले ठेगाना देको छ, खोज्न जाऔं " । आमाले हुन्छ अहिले नै जाउं भन्नु भयो र हामी अर्जुने देब ले दिएको ठेगाना तर्फ लाग्यौं ।  कोपुण्डोल हनुमानस्थान भन्दा केही माथि, कान देबतास्थान बन्दा वर, बीचमा एउटा कुमारी मन्दिर भाको गल्ली भित्र कुमारी अप्टिकल भन्ने चसमा पसल सँग जोडीएको घरमा डेरा भनेको थियो । अर्जुन देबले बताए अनुसार को घर भेटियो । अर्जुन देब चाँही  भेटिएन । बुझ्दा त्यस्तो हुलिया भाको मान्छे त्यो घरमा मात्र हैन टोल मै कहिले न बसेको न आएको पत्ता लाग्यो । निराश भएर फर्क्यौं । अब भने आमाले पनि तान्त्रिकलाई ठग नै मान्नु भयो ।

त्यस दिन देखी त्यो अनुहार हरेक भिडमा खोज्दै छु, अझै खोज्दै छु म । ३०० रुपैया ठगेको अपराधको लागि हैन । कसको ईशारामा यस्तो गरेको तैले भनेर कठालो समात्नु छ । बबाले जिन्दगीमा कसैको कुभलो चिताएको थाहा  थिएन । कुन शत्रु को माध्यम बन्यौ ए पंडित -सोध्ने इच्छा अहिले सम्मा अधुरो नै रह्यो । 


त्यो घट्ना पछी हाम्रो परिवारमा के कत्ती बिपत्ती आइपर्‍यो । के कती दु:ख कष्ट ले तहस नहस पारे तलको लिन्क ( पिताजीको सुनको तक्मा )मा उल्लेख पहिले नै गरी सकेको छु ।

अस्तु !!!    

(पिताजीको सुनको तक्मा को लिन्क ( पुराना मित्रहरुले पढि सक्नु भाकै होला, नयाँ मित्रहरुमा एक चोटि पढि दिन हुन आग्रह गर्दछु )

http://www.sajha.com/guild/viewuser.cfm?username=rahulvai&guildid=440

http://www.sajha.com/guild/viewuser.cfm?username=rahulvai&guildid=441

 

Last edited: 17-Jan-11 10:32 AM
Read Full Discussion Thread for this article