Posted by: Geology Tiger November 15, 2010
Birkhe_Maila shirish Nepe भउते rahulvai Gautam B. Birkhe_Maila deep
Login in to Rate this Post:     0       ?        
एउटा सत्य के हो भने बाटो बदलिन धेरै समय लाग्छ तर त्यसमा हिंड्ने यात्रीहरु हरहमेशा  बदलिरहन्छन्, यस अर्थमा भन्ने हो भने साझाले पनि आफ्नो रुप केही मात्रामा फेर्यो होला तर साझाको बाटो गर्दै हिंड्ने यात्रीहरु हरहमेशा बदलिरहेका छन्। तर साझाको यो बाटोमा लामो समय अटल भएर हरेक यात्रिहरुलाई आफ्ना तितामिठा अनुभवहरु सुनाएर रमाइलो प्रदानगर्नु हुने राहुलभाइको गुणगान जती गाए पनि कम नै हुन्छ। साझाको यात्राको लामो अनुभब नहुँदा धेरै पुराना यात्रिहरुको बारेमा राम्रोसँग थाहा भएन। तर बिर्खे माइलालाई भने अवश्य सम्झन्छु। र यि नामहरुमा छुटाउनै नहुने अर्को नाम भनेको Amazing को पनि हो। यो धागोमा झिल्के स्वयम् उपस्थित भएर लेखेको देख्दा सार्है खुशी लागेको छ। आगामी दिनहरुमा साझाको यात्रा दोहरियोस् झिल्के!          
Read Full Discussion Thread for this article