Posted by: Racheeta October 6, 2010
खुशी थिए नेपालमा, दुखी भए अमेरिका मा ।
Login in to Rate this Post:     1       ?         Liked by

 


मलाई मात्र हो कि अरुलाई पनि यस्तै प्रब्लेम छ ? मित्रहरु प्लिज शेयर गर्नुस्....
क्रेडिट कार्ड मा कती तिर्ने ? वाक्क भइसके ।।।अब ग्र्याजुएट त छिट्टै हुँदै छु तर पनि काम पाउन एस्तो गाह्रो छ यो देश मा।।।कसरी बच्ने होला ?
सधैं एसरी नै फ्रस्ट्रेटेड भएर कती बस्ने । नेपाल मा फेमिली पनि मिस गर्छु। बा आमा लाई सम्झिन्छु, दाजु भाई बहिनी लाई सम्झिन्छु बेला बेला मा अनी भक्कानो फुटेर आउछ अनी रुन्छु रातभरी ।
बा आमा को पनि अब उमेर धेरै हुन लगिसक्यो, कसरी एक्लै बस्दै होलान ? मैले आफुले कमाएर अहिले सम्म दिन सकेको छैन । छ बर्ष पुग्न थाल्यो अमेरिका आएको पनि । एस्तो कुरा दिमाग मा खेलिरहन्छ अनी पढ्ने कसरी ?? बेर्थ अमेरिका आएछु जस्तो लाग्छ आज्कल । थोरै कमाये पनि मान्छे हरु खुशी छन नेपाल मा , आफ्नो परिवार सँग हासी खुशी बसी राखेका छन जे होस् । मान्छे हरु किन आत्महत्या गर्छन् जस्तो लग्थियो पहिले, अहिले लाग्छ शायद यस्तै यस्तै भएर होला । म मर्न पनि चाहन्न , आमा बा लाई हेर्नु पनि छ, बिचरा बुढा आमा बा ले हुर्कायी पढाये, उनिहरु लाई मैले केही गर्नु छ । जिन्दगी ले मलाई किन एस्तो गर्‍यो ? 

I am really Frustrated with my Life right now...

Please share with me your feelings/problems so that i feel little relaxed.

Read Full Discussion Thread for this article