Posted by: SimpLe_KeTa September 27, 2010
आज म मात्तिएर सबै भुल्न चाहान्छु
Login in to Rate this Post:     1       ?         Liked by

subrath

      सर ज्युको  कविताले ।  

"तिम्रो दुई मिनेटका वाह! वाह!" लाई मेरो प्रणाम । शब्द-शब्दमा दम छ ।

        गहिरो दर्शनले भरिएको आधुनिक कविताले  मेरो मन छोयो । सुब्राथजि यस्को मुल्य घटिमा पनि १० रुपैँया होला, कमसे कम एक कप चिया मा त बिक्छ बिक्छ । 

फोर्मुलामा केलकुलेट गरुम है त:

  1. शब्द बनावटि छैन
  2. पढ्न या सुन्न गार्हो छैन
  3. कवि भन्दा स्रोतालाई टार्गेट बढि छ
  4. साधारण पब्लिकलाई टार्गेट गरिएको छ
  5. Thriller/Suspense/Twist छ [Hit formula]

Intro

मुल्य नै मुल्यको यो जमाना (मा) 
पाचँ पैसे भाव पस्कदै छुँ
पारखीका माझ
अक्षर शब्दका भै दिवाना
पस्कदै छुँ यो साँझ

वाह !

Mid Section

लेख्नु कर्म सम्झि लेखें
भाग्य के लेख्नु
उनी अर्कै सँग पल्केको देखें
मर्का कहाँ पोखुं
भनि यो लेखें

गज्जब ! कहानिमा ट्विस्ट आयो । पढ्ने या सुन्नेले आशा गरेको भन्दा फरक आयो । 2nd verse मा कविता लेख्नु को अर्थ खोल्नु पर्छ । "मर्का कहाँ पोखुं भनि यो लेखें" कवि जि सफल हुनु भो ।

Catch

गर्नु गराउनु अब के थियो
तै बासी भात भुटेर खानु थियो
तिम्रो दुई मिनेटका वाह! वाह
थेक्नै गाह्रो भो
हुन लागेको प्यार छुटि
अक्षर शब्दका रचनाकार भो
तिम्रो दुई मिनेटका वाह!

वाह! कस्तो सुन्दर ! 
[यो कवितामा गितकारको गन्ध आउँछ]

धन्येबाद ।


Read Full Discussion Thread for this article