Posted by: nilshre September 2, 2010
यस्तो रहेछ समाज - भाग १
Login in to Rate this Post:     0       ?        

यस्तो रहेछ समाज - भाग 

 आयो भने आयो भन है भन्दै दाइ पांच तल्ले घरको जस्ताको छानामाथि चढेछ टीभीको भर्यांग जस्तो ठुलो  आंटेना घुमाउन, म ची दोस्रो तलामा बसेर टीभीमा झ्यार्र्र आयो भने आएन भनेर घाँटीको नसा थर्किने गरि कराउँथे अनि अलिकति आको जस्तो भयो भने भयो भनेर चिच्याउथे | तेस्तै परिस्थितिमा पनि स्वाद लीई लीई टिवी हेर्ने गरेकोत तपाइहरु सबैलाई यादै होला अझ तेस्माथि घर चि आकाश छुने तर एक तल्लामा एउटा कोठा पनि मुस्किलले हुन्थ्यो र राम्ररी हात खुट्टा तन्काउने ठाउपनि हुँदैन थियो, अनि छुट्टै बैठक कोठात कहाँ हुन्थ्यो र | सबै भन्दा राम्ररी सजिएको सोफासेट सहितको कोठो दाइ-भाउजुको सुत्ने कोठानै थियो.अनि टिभी पनि तेही ल्याएर ठडाइदियो |

 

अरुबेला भाउजुले निन्द्रा लागे जस्तो गरी हाई हाई" नगरेसम्म टिभी हेरीन्थियो तर वोर्ल्ड कप फूटबल राति हुने हुँदा बर्बाद | वोर्ल्ड कप त दाइलेनी हेर्थ्यो अनि बोलाए पछि आँखा मीची मीची गएर हेर्न बसिन्थ्यो तर खेलको भावनात्मक स्वोफुरत प्रतिक्रिया र बिश्लेशनहरु चाही आफु भित्रै राख्नु बाहेक दाइ संग आदान प्रदान गर्ने बातावरण थिएन| आफुले देखेको अनि हुर्केको समाज तेही थियो अनि समयको सापेक्छेतामा तेस्मा कुनै परिवर्तन भएको महसुस भएन |

दाइ छैनकी भनेर एक दिन टिभी हेरम भनेर फुत्त दाइको कोठामा छिरेको थिएँ दाइ चि अरु काका दाइहरुसंग कुरामा बेस्त |

तिमि त यसपाली एसएलसी दिने होइन एउटा काका दाइले सोधी हाल्यो म कोठामा छिरेको देखेर |

हो" भनेर म अलि पर एउटा कुनामा लम्केर थचक्क बस्न गएँ |

बस्न पाछैन दाइले बोलिहाल्यो अब बोर्डिंगमा पढे पछि बोर्डमा त ल्यौन्नै पर्यो नि | पास मात्रत जुन स्कुलमा पधेनी हुन्छ, किन पढनु पर्यो बोर्डिंगमा

बोर्डको परिभासा बुझेर होकि नबुझेर हो कसैले केहि नभनि हाँस्य जस्तो गरी अरुनै कुराहरु तिर लागे| म चि त्यो गुम्सिएको कोठाबाट बिस्तारै अन्कनाउन्दै निस्केर बाहिर चोकतिर बस्न गएँ| चिसो हावाले अलिकति दिमाग हल्का भाजस्तो भयो | एकै छिन एता उता टाउको घुमाई हेरें चोकमा कोहि थिएन | आँखा घुम्दै दाइको कोठा भएको झ्यालतिर पुग्यो अनि एक्कैचोटी फेरी त्यो बोर्डमा ल्याउनुपर्ने सुक्छ्म समाजिक दबाबलाई सम्झेर जिउ सिरिङ्ग भयो | बिस्तारै घिस्रंदै तेही चोकमै बस्ने साथि झ्याब्लेको धोका धक धक गर्न पुगें |

 

क्रमश:

( कमेन्ट गरिदिनु भाको सबै साथीहरुलाई धेरै धेरै धन्यबाद | अझै लेखने हौंसला जाग्यो | )

Last edited: 02-Sep-10 02:41 PM
Read Full Discussion Thread for this article