रातो कार्डवाला मित्रहरु पख्नुस्! पख्नुस्! हतार नगरनुस्!
म तपाईंहरु समक्ष फेरी पनि भुन्टेलाई भोट माग्न आएको होइन, त्यसकारण त्यो तपाईंहरुको रातो कार्ड आँफैसँग राख्नुस्, बरु हाम्रो देशको नेताहरुलाई देखाउनुस्, भ्रष्टाचारी र सामन्तहरुलाई देखाउनुस्, अनि एक चोटि आफुले जीवनमा के के नराम्रो काम गरे भनेर ठन्डा दिमागले सोच्नुस् र त्यो रातो कार्ड आँफैलाई देखाउनुस्।
म त यो धागो पढेर हाम्रो भुन्टे निकेतलाई आफ्नो अमूल्य समय खर्च गरी भोट दिनुहुने सबैलाई धन्यवाद दिन आएको। हजुर अगस्त महिनाभरि निकेतलाई भोट हाल्नु हुने सम्पूर्ण मित्रहरुलाई साधुबाद दिदै यो धागोको यात्रा यही बिट मार्ने अनुमति माग्छु। निकेत अगस्त महिनाको बिजयी बालक बन्न सफल भयो कि भएन त्यो जान्न अझै केही दिन कुर्नु पर्ने हुन्छ (तर मैले धन्यवाद भन्न त किन कुर्न पर्यो र होइन?)। यदी बिजयी भएमा त्यो शुभ समाचार यहाँहरु माझ फेरी पनि राख्ने छु।
निकेतलाई हरेक दिन आफ्नो भोट खसाएर अरुलाई पनि अभिप्रेरित गर्नुहुने ठुल्दाइ (राहुलभाइ) लगायत चौतारीका सबै मित्रहरु पुरे, रामे, रिठ्ठे, चेली, लहरे, बिर्खे माइला, दीपलाई धन्यवाद दिन चाहन्छु। केवल विचार आदानप्रदानको क्रममा आत्मिय बनेका मित्रहरु boulevard dreams र darjDai लाई पनि धन्यवाद दिन चाहन्छु। यौन र स्त्री विज्ञानमा बिशेष ज्ञान भएको र अभिरुची राख्ने मित्र नाज र साझामा बेलाबखत घोचिला र पेचिला टिप्पणी गर्ने मित्र tamanglakola लाई पनि हार्दिक धन्यवाद! Kiddo, गरिखाँउ, म एक नेपाली बालक, atomic, homeboi, slackdemic, 8847, Vaastav Mukti De Ma, land of gorkhali, भोजपुरे,फत्तेलाई पनि हार्दिक धन्यवाद। आफ्नो फरक प्रस्तुतिको लागि साझामा जहिले पनि चर्चामा रहने भिखारी, स्याङ्जाली र ध्वाँसे प्रभुलाई पनि धन्यवाद र यो धागोमा फरक मत लिएर प्रस्तुत हुनु भएका grgDai, मित्र newly new र MillionDollarsलाई पनि धन्यवाद! __________ले गर्नु भएको कोशीसको लागि धन्यवाद। अनिल, लुते बाहुन, अज्ञय र ???????? लगायत ज-जसले यो धागोमा केही नलेखि निकेतलाई भोट हाल्नु भयो सबैलाई मुरी मुरी धन्यवाद।
धन्यवाद त म राता कार्ड देखाउने मित्रहरुलाई पनि दिन्छु, कम से कम वहाँहरुले पनि यो धागो त हेर्नु भयो।
यती भन्दै यो धागोबाट यहाँहरु सबैसँग बिदा माग्छु, धन्यवाद!
आउँदा जाँदा लाउँला पिरती.......