Posted by: nilshre September 1, 2010
यस्तो रहेछ समाज - भाग १
Login in to Rate this Post:     0       ?        

यस्तो रहेछ समाज - भाग १ 



म दुइ बर्स हुँदा मेरो बुबा खोइ कुनी के रोग ले हो खोइ भगवानका पुग्नु भयो रे | मेरो दाई म भन्दा झन्डै १५ बर्षाले जेठो अनी हामि दुइ बीचमा आर्को दुइजना  मेरा दिदिहरुनी पनि छन् | बुबालाई पशुपति मा  जलआउंदा मपनि रुँदै घाटमा एताबता उता, उता बाट एता हिंडेको थियो रे | आफुलाई भने जति सम्झेनी बुबाको मुख सम्मनि कल्पना गर्न सक्दिन, केहि नसम्झिने रहेछ दुइबर्सिया कुराहरु |

ठुलो परिवारमा काका काकी माईलाबा त्यो दाइ यो दाइ अनी सानो भाउजु ठुलो भाउजु भन्दै आफु हुर्केहो चलाई पाएन | आमालाई कालो अक्छेर भैंसी बराबर तरपनि बुबाले छोडेको केहि पैसा दिएर हाम्रो दाइलाई ट्याक्सी र  मिनिबस किनिदिनु भयोरे ल गरि ख भनेर, त्यो पनि तिस पैंतीस वर्ष अघिको कुरा | विभिन्न संयोग ले गरेर पढाइमा लड्डू भएनी ब्यापारमा त राम्रै रहेछ | उति बेलाँ बोर्डिंग स्कुलमा पढाउनु पनि ठूलो कुरा रहेछ, दाइले मलाई बोर्डिंग स्कुलमा पढाएँ भनेर सबैलाई धाक दिने गरेको मलाई याद आउंछ. हुनपनि मेरो आगे र कति सम्म पिछे कोइ पनि बोर्डिंग म पढेको छैन |

एक किलासको बेलामा दाइले बिहे गरेछ | मैले चाहिं बल्ल बल्ल हावा र पानीको भिन्नता महसुस गर्न थालेको थिएँ. काठमाडौँ को पुरानो बस्ती | चारैतिर पुरानो घरहरु अनी बिचमा चैं चोक हुन्त्यो. अनी चोकको बिचमा स्यानो स्तुपा जस्तो मन्दिर. माटो र इंटाले बनको घरको भीता चैं साह्रै बाक्लो हुने भएकोले झ्याल भएको ठाउमा टुक्रुक्क बसेर बाहिर हेर्न मिल्ने| मेरो  दाइले तेही चोकमा बिहेको पार्टी गरेथ्यो| तेत्रो बिहेको बेलामा म फुच्चे लै कसले वास्ता गर्ने, म ची तेही झ्यालमा बसेर तल पार्टीमा आको सबैलाई हेरेर बसेको याद मलाई अहिले सम्म आउंछ| दाइको बिहेको सम्झना मेरो लागि तेती मात्र थियो. अरु त जति सम्झिन खोजेपनि नसकिने |

क्रमश: ( मन परे अर्को भाग नपरे यहीं टुंग्याउने बिचार...)
Read Full Discussion Thread for this article